पढ्न करिब 1 मिनेट लाग्छ
<p>मङ्सिर १३, काठमाडौँ | भारतको पन्जाबमा अध्यनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको खबर राजधानी दैनिकमा छापिएको छ । <br></p><p>चार महिनाअघि उच्च शिक्षा हासिल गर्न भारतको पन्जाब राज्यस्थित रिम्ट युनिभर्सिटी पुगेका सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षीय हेमन्त मण्डलको युनिभर्सिटी प्रशासनको लापरबाहीले ज्यान गएको परिवारजनले बताएका छन् । </p><p>उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसोमात्र खबर गरिएको हेमन्तका बुबा बलरामले बताए । </p>

