एजेन्सी | जनताले आफ्नो प्रतिनिधिको रुपमा संसदलाई पठाएका हुन्छन | आफ्नो आवाजलाई बोलोस् भन्ने जनता चाहन्छन | र सांसदले पनि जनताको बोलि बोल्छन् | तर एकजना सांसदले संसदमा बोल्दै आफ्नी गर्लफ्रेण्डलाई बिहेको प्रस्ताब गरेका छन् |
इटालीमा भएको उक्त घटनामा । सांसदले संसदभित्रै गर्लफ्रेण्डलाई प्रपोज गरेका छन् | संसदमा बोल्ने क्रममा ती सांसदले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताव गरेका हुन् | उनकी गर्लफ्रेन्ड संसदको दर्शकदीर्घामा बसेकी थिइन् |
बिहीबार भएको यस घटनामा आफ्नो प्रेमीले बिहेको प्रस्ताव गरेपछि आश्चर्य चकित हुँदै एलिसाले उक्त प्रस्ताव स्वीकारेकी छन् | त्यसपछि अरु सासदहरुले बधाई दिएका छन् | संसद् चलिरहेको बेला प्रेमिकालाई प्रस्ताव गर्ने सांसदको यस्तो कार्य संसदको मर्यादाविपरित थियो | सभामुखले उक्त कार्य नियमविपरीत रहेको बताए |
संसदमा भूकम्पपछिको पुनर्निर्माणको विषयमा बहस चलिरहेको बेला ती सांसदले प्रेमिकालाई प्रस्ताव राखेका थिए | राष्टको गम्भिर बिषयमा छलफल चलिरहेको बेला उनले त्यस्तो कार्य गरे पछि सभामुखले ध्यानाकर्षण गराए |