मंसिर १७, काठमाडौँ | तेर्हौ दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटर दौडमा नेपालका लागि महिला तर्फ सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छन् | काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा उनले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् |
दोश्रो नम्बरकी भारतीय खेलाडी कविता यादवलाई पछि पार्दै जित हासिल गरेकी हुन् | उनले भारतीय खेलाडी यादवले ३५ मिनेट ७.९५ सेकेण्डमा दूरी पूरा गरेकी हुन् | त्यस्तै नेपालका लागि एथ्लेटिक्समा पुरुष तर्फ
१५ सय मिटर दौडमा टंक कार्कीले कास्य पदक जितेका छन् |