मंसिर १८, काठमाडौं | नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि कर्मचारी माग गरेको छ | बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको अवधि आगमी पुस ७ गते सकिँदैछ | उनको कार्यकाल सकिनुभन्दा २० दिन अघि बोर्डले सीईओका लागि बिज्ञापन खोलेको हो |
बोर्डले सीईओ हुनका लागि नेपाली नागरिक, स्नातकोत्तर उत्र्तीण, कम्तीमा १० वर्षको अनुभव, ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको, फौजदारी अभियोग नलागेको, विदेशमा पीआर नभएको हुनुपर्ने उल्लेख छ |