२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सागमा नेपाल अघि-अघि, भारत पछि-पछि (पदक तालिका अपडेट)

१८ मंसिर २०७६, बुधबार १०:२९

मङ्सिर १८, काठमाडौँ | नेपालमा जारी दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आजसम्मको अंकमा आफूलाई सबैभन्दा अब्बल स्थानमा कायम राखेको छ । बुधबार साढे ४:१५ बजेसम्मको अवस्थालाई मध्येनजर गर्दासम्म नेपालले २८ स्वर्ण सहित जम्मा ६१ पदक जितेको छ । जसमा १४ रजत र १९ कांस्य पदक रहेका छन् । 


उता नेपाललाई पछ्याउने क्रममा रहेको भारतले पछिल्लो अपडेट अनुसार २३ स्वर्ण सहित कुल ५५ पदक जित्न सफल भएको छ । उसले २० रजत र १२ कांस्य पदक जितेको छ । यसरी हेर्दा कुल ९ पदकले भारत पछी छ भने स्वर्ण पदकमा ५ स्वर्ण पदक नेपालको हातमा बढी छ ।

भारतपछि तेस्रो स्थानमा पाकिस्तान छ । जसले कुल ३५ पदक जितेकोमा उसको कुल स्वर्ण पदकको शंख्या ८ रहेको छ भने १४ रजत र १३ कांस्य पदक जितेको छ । त्यस्तै पाकिस्तान पछि चौथो स्थानमा श्रीलंकाले ७ स्वर्ण, १८ रजत र ३२ कांस्यसहित कुल ५७ पदक हात पारेको छ । 

उता पाँचौ स्थानमा बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित कुल ३५ पदक जितेको छ भने माल्दिभ्सले हालसम्म १ मात्र स्वर्ण जितेको छ । माल्दिभ्सले हालसम्म कुल ३ पदक जितेकोमा २ कास्य पदक रहेका छन् । 

पदक बिजेता तालिकाको सबैभन्दा पुछारमा रहेको भुटानले भने हालसम्म ३ कांस्य पदक मात्र जितेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य