2026-06-28 09:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टि-२० क्रिकेटमा पहिलोपटक नेपालको सर्वाधिक स्कोर, ज्ञानेन्द्रद्वारा सतक प्रहार

2019-12-05

मंसिर १९, काठमाडौँ | नेपालमा जारी १३ औं साग अन्तरगत नेपाल र भुटानबीच भईरहेको क्रिकेट खेलमा नेपालले पहिलो इनिङमा २३६ रनको विशाल स्कोर खडा गरेको छ । यो टि–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक सतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले कमजोर भुटानमाथि हावी हुँदै अन्तर्राष्ट्रिय टि–२० मा पहिलो शतक प्रहार गरेका छन् । पहिलो अन्तराष्ट्रिय सतक बनाउने क्रममा उनले ९ छक्का र ५चौका प्रहार गरे । यसअघि नेपालका लागि एक मात्र टि–२० सतक पूर्व कप्तान पारसको नाममा छ । 


पहिले टस जितेर नेपाललाई भुटानले ब्याटिङको निम्तो दिएको थियो । नेपालको इनिङ सुरुवात गरेका पूर्व कप्तान पारस खड्काले २८ बलमा ५७ रन बनाएर आउट भए भने तेस्रो नम्बरमा पठाइएका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ६ रन मात्रै बनाए । त्यसपछि दिपेन्द्र सिङ ऐरीले ओपनर ज्ञानेन्द्रसँग मिलेर फराकिलो साझेदारी गरे । ज्ञानेन्द्र मल्ल ५५ बलमा १ सय ७ रन बनाएर आउट भएका थिए । ऐरी भने २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे ।

ज्ञानेन्द्रको शतकीय इनिङको मद्दतमा नेपालले पहिलो पटक टि–२० मा २ सयभन्दा माथिको स्कोर खडा गर्न सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी