<p>मङ्सिर १९, रामपुर । पाल्पाको तिनाउ गाउँपालिका – ५, चौबीस माइलमा बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउने दुई जनाकै पहिचान खुलेको छ । </p><p>बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक २४ वर्षीय कृष्ण कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । जीप सिद्धार्थ राजमार्गको चौबीस माइलमा सडकदेखि करीब २०० मिटर तल खसेको थियो ।</p>
December 5, 2019
काठमाडौँ - KTM, पाल्पा - PLP, समाज
पाल्पा जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो
By साझासवाल
2 मिनेट पढाइ










