2026-08-26 04:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बृहत फलेवास महोत्सव शुरु

यूनाईटेड स्पोर्टस क्लब, फलेवास पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिकाको पहिलो बृहद मेला आजदेखि सुरु भएको छ । आजबाट सुरु भई यही मंसिर २९ गतेसम्म संचालन हुने मेलाको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्नुभएको छ ।

मेलाको उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन बर्ष र नेपाल सरकारले पर्यटन बर्ष मनाउन लागिरहेको सन्दर्भमा फलेवासको मेलाले यो अभियानमा ईटा थप्ने बताउनुभयो ।

देश संघियतामा गएपछि राजनीतिक क्रान्ति सकिएको बताउँदै मन्त्री गुरुङले नेपालीको आर्थिक समृद्धिका लागि पर्यटकहरुको आगमन महत्वपूर्ण रहने बताउनुभयो । त्यस्तै, देशको यातायात क्षेत्रले पनि पर्यटकहरुको आगमनलाई सजिलो बनाउन सकेमा र सुरक्षित यात्रा गराउन सकेमा नेपाल घुम्न आउने बाह्य तथा एक ठाउँबाट अर्को ठाउँको अवलोकन र रमाईलोको लागि जाने आन्तरिक पर्यटकहरुको कमी नहुने उहाँको भनाई छ ।

यस्तै, कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले फलेवास नगरपालिकामा यति ठूलो मेला पहिलो पटक आयोजना गरिनु खुसीको कुरा भएको बताउँदै मेलालाई सफल बनाउन सबैलाई आह्वान गर्नुभयो । मेला मार्पmत नगरपालिका र छिमेकी स्थानीय तहरुको पहिचान पनि बाहिर आउनको लागि मेला कोशेढुंगा साबित हुने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी फलेवास नगरपालिकाका अध्यक्ष पिताम्बर घिमिरे, नेपाली काँग्रेस फलेवास नगरपालिकाका सभापति हिरामणी सापकोटा, राष्ट्रिय जनमोर्चा फलेवास नगरपालिकाका संयोजक ईन्द्रकान्त भुसाल, जैमिनी नगरपालिका ५ बिनामारे बागलुङका वडाध्यक्ष गोपाल पौडेल, फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल, देवीस्थानका वडाध्यक्ष भोलानाथ भुषाल, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय कुश्माकी राधिका दिदी र जनप्रिय प्रशासन क्याम्पस काठमाण्डौँका स्ववियू सभापति पंकज सुवेदीले शुभकामना मन्तब्य राख्नुभएको थियो । आयोजक क्लबका अध्यक्ष अच्यूतकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहको संचालन क्लबका कलाकार कृष्ण अखेलीले गर्नुभएको थियो भने स्वागत मन्तब्य सचिव अनुप श्रेष्ठले राख्नुभएको थियो ।

मेलाको उद्घाटन हुनुपूर्व स्थानीय नागरिकले पञ्चेबाजा सहितको ¥याली र झाँकीका साथै तेक्वान्दो र कराँतेको डेमो प्रदर्शन गरिएको मेलाका प्रचारप्रसार संयोजक साजन परियारले जानकारी दिनुभयो । आज नै कलाकार कस्तुप पन्त र देवीस्थानकै लोकपप गायक सरोजसाजन श्रेष्ठलाई नगद र सम्मानपत्रले सम्मान गरिएको छ ।

फलेवास नगरपालिका–६ देविस्थानको माझीचौरमा आयोजना गरिएको मेलामा १ सय ५० ओटा स्टल राखिएका छन् । मेलामा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतीहरुसँगै हास्य प्रहसन पनि देखाइने भएको छ । आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको छ ।

स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिन तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको क्लवका सचिव अनुप श्रेष्ठले जानकारी दिनुभयो ।

मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग