Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जापानमा नेपाली कामदार पठाउन लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक भएको सो भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान गत अक्टोबर र नोभेम्बरमा लिइएको भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् ।

गत अक्टोबरमा लिइएको भाषा परीक्षामा एक जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए भने नोभेम्बरसहित दुई चरणमा सम्पन्न परीक्षामा जम्मा ५६ जना मात्र उत्तीर्ण भएको जापान फाउन्डेसनले जनाएको छ ।

- यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।