पुष २, काठमाडौँ | भारतबाट प्याज आयात रोकिए संगै नेपालमा प्याजको मूल्य आकासिएको छ | प्याजको आपूर्ति गर्नका लागी चिनबाट आयात थालिएको हो | भारतीय प्याज आयात बन्द भएसँगै व्यवसायीहरु चिनियाँ प्याजतर्फ आकर्षित भएका छन् |
दैनिक ४० देखि ४५ मेट्रिक टन प्याज चिनबाट नेपाल भित्रने गरेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ | भारतीय प्याजको तुलानामा चिनबाट आयातित प्याज सस्तो रहेको व्यवासयीहरुको भनाइ छ |
हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा भारतीय प्याज प्रतिकेजी २१० देखि २५० रुपैयाँ सम्म पर्ने गरेको छ । तर चिनियाँ प्याज भने ११० देखि १४० रुपैयाँ प्रतिकेजी उपलब्ध हुँने गरेको व्यवसायीको भनाइ छ |
बजारको माग चिनियाँ प्याजले मात्र धान्ने अवस्था भने छैन | नेपाली बजारमा कुल मागको ५० प्रतिशत मात्र चीनले पूर्ति गरिरहेको छ |