पुस २,काठमाडौँ | नेपाल घुम्न आएकी अस्ट्रेलियन १२ वर्षीया विदेशी बालिका माथि बलात्कारको प्रयास भएको छ | सत्तारुढ दल नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् |
मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला ति बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावक काठमाडौँस्थित महानगरीय प्रहरीमा पुगेका थिए |
सोही बमोजिम ट्रेकिङ गाइडको काम गर्ने भनी परिचय दिएका २९ वर्षीय सुनिल पौडेललाई प्रहरीलाई पक्रेको छ | पौडेलले करणी प्रयासको अभियोग अस्वीकार गरे पनि पीडितका आफन्तहरुको दाबी छ, ‘प्रयास मात्र होइन, बेलैमा हामीले नदेखेको भए यसले करणी नै गर्ने स्थिति थियो ।’
एक रिसोर्टमा बसेको बेला सुनिलले बालिकालाई घुम्न जाऔँ भनेका थिए | बालिकाले बाबुआमासँग चिनजान भएको केटाले घुमाउँछु भनेपछि राम्रै मनशाय होला भन्ठानिन् । तर, ५ बजे साँझ सुनिलले यौनजन्य कृयाकलाप गर्न थालेपछि बालिका चिच्याइन् र भागेर अभिभावकसमक्ष आइपुगिन् |
काठमाडौँबाट पक्राउ परेपछि सुनिललाई रसुवा चलान गरिएको छ | उनलाई म्याद थपेर कारवाही अगाडि बढाइएको डिएसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए | सुनिल कालिका गाउँपालिका अध्यक्षका भाइ हुन् |-यो समाचार आजको साप्ताहिकमा छ |