पुस ३, काठमाडौँ | नेपाल टेलिकमका रिचार्ज् कार्डमा अरु नम्बर मेटिएर ६ नम्बर देखिए मात्र पनि रिचार्ज गर्न सकिन्रे भएको छ | जसको लागि ग्राहकले कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्ने छन् |
उक्त कार्डको पनि पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनु पर्ने टेलिकमले जनाएको छ |
त्यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै http://pinrecovery.ntc.net.np/ मा लग अन गर्नुपर्छ | ‘रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ | ति देखिने नम्बरलाई कार्डमा देखिएको अवस्थामा राख्नु पर्छ भने मेटिएको अंकमा ‘*’ चिन्ह राख्नुपर्छ |
यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिनेछ | यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने कम्पनीले जनाएको छ |
यस अघि भने सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेको थियो |