पुस ७, काठमाडौँ | नेपालमा मिनी जहाजको सफल परिक्षण गिएको छ | २ सय २० यात्रु क्षमता भएको क्रुजसिपको नारायणी नदीमा आइतबार बेलुका २५ जना यात्रुसहित गरिएको हो | कम्पनीका अनुसार सिपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको 'पोर्ट' वरपर परीक्षण गरिएको छ |
उक्त परिक्षण गर्नका लागि भारतबाट प्राविधिक टोलि आएको छ | अब सिपमा रङ हाल्ने, टेबुल, कुर्सी राख्ने, बार र ट्वाइलेट बनाउने काम बाँकी रहेको छ | उक्त जहाजको उद्घाटन राष्ट्रपतिबाट गर्ने तयारी रहेको कम्पनीले जनाएको छ |
चैतबाट निर्माण सुरू गरिएको क्रुजसिप गएको तिहारसम्ममा सञ्चालनमा ल्याउने कम्पनीले दाबी गरे पनि प्राविधिक कामले ढिला हुन पुगेको कम्पनीको भनाइ छ | १५ करोड लगानी गरेर बनाइएको क्रुजसिप साढे दुई तलेको हुनेछ | जसमा क्रुजका बीस जना कर्मचारीसहित २ सय २० यात्रु सयर गर्न मिल्नेछ |
क्रुजसिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ। यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ |
क्रुजसिप ४० किलोमिटर प्रतिघन्टाले (२० नट) पानीको दिशा र पानीको विपरीत दिशामा चल्न सक्छ |