2026-09-20 07:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक

पुस ८, काठमाडौँ | चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष कामदार रहेका छन् | सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ | 

विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख २४ हजार बढी अदक्ष रहेका छन् | गएको मङ्सिरमा ५६ हजार ८१० जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा महिना ३१ हजार १८७ अदक्ष श्रमिक विदेश गएका छन् |

यसैगरी सीपयुक्त जनशक्ति १९ हजार ७९६ जना छन् भने अर्धसीप भएका पाँच हजार ७४५ जनाले श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ । त्यसैगरी व्यावसायिक सीप भएका ७५ जना र विशिष्ट सीप भएका सात जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ |- यो समाचार आजको गोरखापत्र दैनिकमा छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो