Skip to content
Friday, July 17, 2026 Nepali Online Media

यस कारण बढीरहेको छ देशभर चिसो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुष १३, काठमाडौँ | वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो ।<br></p><p>भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले हिमालय शृंखला र आसपासको भेगलाई छोएर बहँदा तापक्रममा गिरावट आएको र यो क्रम अझै जारी रहने मौसमविद्को ठहर छ ।</p><p>पृथ्वीको सतहबाट १०/१२&nbsp; किमि उचाइभन्दा माथि हुँदै बहने वायुको मुस्लोको प्रभावले चिसो बढ्ने बताउँदै मौसमविद् समिर श्रेष्टले भने, ‘जेटस्ट्रिम अहिले सामान्य अवस्थाभन्दा केही बढी दक्षिणतर्फ सरेकाले&nbsp; धेरै ठाउँको तापक्रम घट्दो छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।&nbsp;</p>