Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बैदेशिक रोजगारीका क्रममा मलेसिया जान दोब्बरले लिए श्रम स्वीकृति

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुष १३, काठमाडौँ | कामदार पठाउने प्रक्रिया बन्द भएर डेढ वर्षपछि मलेसिया खुलेपछि संस्थागत रुपमा ७ हजार युवाले श्रम स्वीकृति लिएका छन् । २ महिनामा मलेसियाको श्रम स्वीकृति लिनेको संख्यामा शतप्रतिशतले वृद्धि भएको छ ।

भदौमा २ देशबीच भएको छलफलपछि संस्थागत रुपमा माग खुला गरिएपकिछ कात्तिक र मंसिरमा ७ हजार २५ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याकंमा उल्लेख छ ।

विभागका महानिर्देशक भिष्मकुमार भुसालले मागपत्र प्रमाणिकरणमा आएको सुधारसँगै मलेसिया जान श्रम स्वीकृति लिने श्रमिकको संख्या बढ्दै गएको बताए ।

मलेसिया खुलेपछि कात्तिकमा २ हजार १ सय र मंसिरमा ४ हजार ९२२ युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

- यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।