पुस १३, काठमाडौं | आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ | प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो |
प्रदेश ३ को नाम र राजधानी टुंगो जगाएको प्रदेश ३ का एक मन्त्रीले जानकारी दिए | सत्तारुढ दल नेकपाकै संसद बिच कुरा नमिल्दा २ वर्षदेखि प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेको छैन | प्रदेशमा नेकपाकै दुई तिहाइ बहुमात भए पनि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा विवाद थियो |
त्यस्तै राजधानी काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन |