Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
७ कार्तिक २०८१, बुधबार
काठमाडौँ - KTM

कलिलै उमेरमा छिप्पिएको रोग

६ असार २०७३, सोमबार ११:५३

असार ६, इलाम |  इलाम देउमाई नगरपालिका एक (मंगलबारे)का मनिष राई उमेरले १३ वर्ष पुगे । उनकै उमेर समूहका अन्य साथी संगी बिद्यालय जान्छन् । आफुले सक्ने काम गर्छन्, हरेक क्रियाकलापमा भाग लिन्छन् ।

बल प्रयोग गरेरै गरिने सानातिना कामहरु पनि गर्छन् । या भनौ शारिरिक रुपमा उनीहरु तन्दुरुस्त छन् । तर मनिषलाई स्याहार सुसाहार गर्न उनका परिवार हर समय लागिरहनु पर्छ । उनी १५ महिना अघि सम्म शारिरिक रुपमा सक्षम थिए । गत २०७१ साल फागुनबाट उनलाई रोगले च्याप्यो । त्यसपछि उनलाई राम्रो अस्पताल कुदाउँदै उनका परिवारको धेरै समय र खर्च सकिसकेको छ । सुरुमा नेपालका बिभिन्न अस्पताल हुँदै भारतका समेत चर्चित अस्पतालमा रोग पत्ता लगाउन लैजाँदै क्रिण लाग्न थालिककेको उनका परिवार वताउँछन् । भारतको एक अस्पतालमा डाक्टरले क्यान्सर लागेको पुष्टि गर्दै नेपालकै चितवन क्यान्सर अस्पताल लैजान सिफारिस ग¥यो । 

परिवारले मनिषलाई सोहि अनुरुप चितवन स्थित विपि कोइराला मेमोरियल सेन्टर हष्पिटल लगेर उपचार गराउन थाले । उनको घाँटीमा क्यान्सर भएको पुष्टि भएसँगै उपचार सुरु पनि गरियो । आर्थीक रुपले सामान्य मात्र रहेको उनको परिवारले भएको सवै सम्पती सकिसकेको बुबा गोपाल राइले वताए । उनले भने –‘अव त जग्गा नै सकिसक्यो ।’ छोराको उपचारमा हाल सम्म एघार लाख खर्च भइसकेको उनले वताए । सामान्य कृषि पेशामा नै गरेर खाने परिवारकालागि सो रकम ठुलो हो । मनिषसको घाँटीको उपचार भइरहे पनि कडा दवाई र बिरामी भएको समयमा खाना नखाएकै कारण उनको खुट्टा चल्न छाडिसकेको छ । एउटा रोगको उपचार हुँदै गर्दा अर्को रोगले सताए पछि परिवार झनै चिन्तामा छन् । क्यान्यसरकै थप उपचार गराउन अस्पतालले साढे तीन लाख जम्मा गर्न भनिसकेको छ । अझै खुट्टाको उपचार गराउँदा थप रकम खर्च हुने हुँदा सो परिवार चिन्तामा छ । उपचारसँगै अस्पतालमा लैजाँदा, घर ल्याउन र चितवनमा बस्दाको खुवाई र भाडाले नै उपचारमा भए सो सरह नै खर्च भइसकेको परिवार श्रोतको भनाई छ । एक चोटी उपचार गराउँदा अस्पतालले सात वा पन्ध्र दिन पछि बोलाउने गरेको उनकी आमा सिताले वताइन् । क्यान्सरको उपचारमा प्रयोग परिने केमु चलाउन नै नसक्ने अवस्था भइसकेको परिवार श्रोत वताउँछ । अव लाग्ने खर्च जुटाउन परिवारलाई समस्या भएको छ । कसैले सहयोग गरे पनि छोराको उपचार गराउनमा थप टेवा पुग्ने आमा सिताले वताइन् । 

उनले भनीन् ‘त्यत्रो दिन चितवनमा नै बसौँ भने खाँदा र बस्दा पनि धेरै खर्च हुने फर्किउँ भने पनि गाडी भाडा महंगो लाग्ने सँधै समस्या नै समस्या ।’ 

कक्षा पाँचमा पढ्दापढ्दै रोगले च्यापेपछि त्यो भन्दा माथी पढ्ने धोको रोगले नै खाइदियो । कलिलै उमेरमा छिप्पीएको रोगले सताउँदा उनको परिवार पिडामा दिन र रात विताईरहेको छ । सहयोग गर्ने कोहि भए छोरालाई वचाउँथ्यौँ आमाले भनिन् । –‘संघसंस्था र ब्यक्तिले सहयोग गरिदिए पछि तिर्ने प्रयास गथ्यौँ ।’ मात्र छोराले पुनरजिवन पाए ढुक्कले काम गर्न पाइने र लागेको रिण तिर्नेमा परिवार विश्वस्त छ ।  कोहि दानबिर भए सहयोग गरेर उनको उपचारमा सहयोग गरे साँच्ची नै पुण्य मिल्ने थियो कि ?

             


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?