2026-07-25 01:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रमण वर्ष: चौदण्डीमा ‘राइड टू चौदण्ड’ अभियान

पुष १५, उदयपुर | नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा आन्तरिक पर्यटन विकासका लागि उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाले नयाँ वर्ष सन् २०२० का अवसरमा बुधबार ‘राइड टू चौदण्डी’ अभियान कार्यक्रम शुरु गर्ने भएको छ । 

सन् २०२० को नयाँ वर्षको शुरुको अवसर पारेर नगरका ११ स्थानका महत्वपूर्ण पर्यटकीयस्थलमा ६० किलोमिटर दूरीसम्मको बृहत् साइकल यात्राको अभियान शुरु गर्न लागिएको नगरपालिका प्रमुख खगेन्द्र राईले जानकारी दिनुभयो ।

बुधबार नगरपालिकाले नगरका सम्पूर्ण सरकारी सङ्घसंस्था विद्यालयहरुलाई समेत सार्वजनिक बिदा दिएर नगरको उक्त अभियानमा सहभागी गराई अभियान सफल बनाउन लागिएको उहाँले बताउनुभयो । प्रमुख राई भन्नुभयो, “नेपाल भ्रमण वर्ष सन् २०२० सँगै नगरपालिकाले पनि नगरका ११ वटा महत्वपूर्ण पर्यटकीयस्थलको पहिचान गराउन र मुख्यगरेर ऐतिहासिक चौदण्डीगढीको पर्यटन विकासका लागि नै लक्षित गरेर यो अभियान शुरु गर्न लागेका हौँ ।”

साठ्ठी किलो मिटरसम्मको साइकल यात्रामा विद्यार्थी, राजनीतिक दलका नेता जनप्रतिनिधि, व्यापारी, उद्योगीसहित नागरिक समाजका अगुवाहरुको समेत सहभागिता हुने बताइएको छ । राइड टू चौदण्डी यात्रामा मुख्यतः चौदण्डीको बेल्टार बजार, वीरेन्द्र बजार हुँदै महत्वपूर्ण पर्यटकस्थल सुगाचरी, शान्तिवाटिका, बिसासय मन्दिर, कोवाखानी डाँडा, पिकनिक स्थल, रमितेडाँडा, थानपोखरी, भीमसेनथान हुँदै ऐतिहासिक चौदण्डीगढी पुग्ने कार्यक्रम रहेको छ ।

चौदण्डीगढीमा दृश्यावलोकन स्तम्भ, सडक, खानेपानीदेखि चौदण्डीगढीमुनि सुनकोशीको रानीटारमा र्याफ्टिङसहितका कार्य अहिले सञ्चालन भइरहेको नगरपालिकाले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक