पढ्न करिब 1 मिनेट लाग्छ

पुष १६, काठमाडौँ । राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० आजदेखि शुरु हुँदैछ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिनेछ ।

भ्रमण बर्षको उद्घाटन समारोहलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका विभिन्न स्थानका सडक प्रयोग नगरेर वैकल्पिक रुट प्रयोग गर्न आमा सर्वसाधारणलाई आग्रह गरेको छ ।

आज दिउँसोको समयमा ठमेलबाट र्यालि निस्केर रंगशालासम्म जाने हुदाँ थापाथली, त्रिपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन नचलाई वैकल्पिक रुट प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध छ ।

बैकल्पिक बाटो प्रयोग गरि रंगशाला जानेहरुका लागि सुन्धारास्थित काठमाण्डौ मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको छ । उद्घाटन समारोह अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ ।