2026-09-19 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनवरी १ देखि नेदरल्याण्डले आफ्नो ‘उपनाम’ त्याग्दै, यस्तो छ कारण

पुस १६, एजेन्सी | पानी मुनिको देश भनेर चिनिने युरोपेली मुलुक नेदरल्याण्डले जनवरी १ बाट एउटा महत्वपूर्ण परिवर्तन गर्दैछ | नेदरल्याण्डले सन् २०२० बाट आफ्नो देशको उपनाम अर्थात् ‘हल्याण्ड’ हटाउने भएको छ |

नेदरल्याण्डको अर्को नाम हल्याण्ड हो | जसको पर्यटन वेबसाइटको नाम समेत Holland.com रहेको छ | सरकारले यसका लागि रिब्राण्डिङ्ग अभियान मार्फत १ जनवरी २०२० देखि नेदरल्याण्डले आधिकारिक रुपमा सबै कम्पनीहरु, राजदूतावासहरु, मन्त्रालय तथा विश्वविद्यालयमा रहेको हल्याण्ड नाम हटाउनेछ र केवल नेदरल्याण्ड मात्र राख्नेछ |

स्थानीय संचार माध्यमका अनुसार देशको नामलाई रिलञ्च गर्नका लागि नेदरल्याण्ड सरकारले दुई लाख युरो बजेट विनियोजन गरेको छ | हल्याण्ड नेदरल्याण्डको एउटा ठाउँ हो | जसमा एम्सटर्डम, रोटरडम र द हेग जस्ता प्रसिद्ध सहरहरु रहेका छन् |

तर प्रायः मानिसहरुले पूरै नेदरल्याण्डलाई नै हल्याण्डको नामले चिन्छन् | टोकियोमा हुने सन्२०२० को ओलम्पिकमा सहभागिताका साथै युरोभिजन गीत प्रतियोगिताको आयोजना लगायतका कारणले गर्दा नेदरल्याण्डले आफ्नो उपनाम त्याग्न थालेको बताइएको छ | शको नाम रिब्राण्डिङ्गका पछाडिको मुख्य उद्देश्य पर्यटक लोभाउनु भएको बताइउको छ | पर्यटकहरु राजधानी एम्स्टर्डमको अलावा अन्य सहरहरुमा पनि घुम्न जाउन् भनेर सरकारले प्रोत्साहित गरिरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई