Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दक्षिण कोरियामा तलब बढ्यो, अब न्युनतम ज्याला कति ?

By साझासवाल 3 मिनेट पढाइ

पुष १७, काठमाडौँ | दक्षिण कोरियामा नयाँ वर्ष सुरु भएसंगै सन् २०२० का लागि कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत वर्षको तलबभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघण्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको हो ।

कोरियामा दैनिक ८ घण्टाको दरले साताको ४० घण्टा कामगर्ने मजदुरको न्यूनतम ज्याला महिनामा १७ लाख ९५ हजार ३ सय १० कोरियन वन अर्थात् झन्डै १ लाख ७५ हजार रुपैया हुनेछ । साथै दिनमा ८ घण्टाभन्दा माथि अतिरिक्त काम गर्ने मजदुरले राति १० बजेसम्म प्रतिघण्टा १२ हजार ८ सय ८५ वनका दरले ज्याला पाउनेछन् ।

त्यसैगरी, राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्त रात्रि भत्तासहित प्रतिघण्टा १७ हजार १ सय ८० वन प्राप्त गर्नेछन्। गत जुलाईमा तलब निर्धारण समिति र श्रम तथा व्यवसाय प्रतिनिधिबीच छलफलपश्चात् २.८७ प्रतिशत तलब बढाउने सहमति भएको थियो।

वृद्धि भएको तलबबाट दक्षिण कोरियामा रहेका ३५ हजार नेपालीसंगै कोरियन र अन्य देशका कामदार प्रत्यक्ष रूपमा लाभान्वित हुने श्रमिक तलब निर्धारण समितिले बताएको छ ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।