८ असार, काठमाडाैं । अफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ८ असार, काठमाडाैं । अफ"/>
२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काबुल आक्रमणमा मारिएका नेपालीको शव ल्याइँदै

२०७३, ८ असार बुधबार ०३:००

८ असार, काठमाडाैं । अफगानिस्तानमा सोमबार बिहान भएको आतंककारी हमलामा मारिएका १२ नेपालीको शव लिन नेपाल बायुसेवा निगमको जहाज अाज बिहान साँढे तीन बजे अफगानिस्तानको काबुल प्रस्थान गरेको छ । विमान साढे ६ बजे काबुल पुगेको छ ।  शव बुधबार बिहान साढे ११ बजे काठमाडौं ल्याइने तालिका छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा परराष्ट्र मन्त्रालयमा मंगलबार बसेको बैठकले मृतकको शव नेपाल एयरलाइन्स मार्फत ल्याउने निर्णय गरेको थियो । बैठकमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, गृह मन्त्रालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि लगायत सहभागी थिए ।

सामान्यतः नेपालको एयरपोर्ट बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालन हुने भएपनि बिशेष परिस्थितिका कारण बिहान साँढे तीन बजे जहाज उडाइएको नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

घर फर्कन चाहने अरुलाईपनि ल्याइने

मृतक र घाइतेलाई लिन बुधबार सबेरै काबुल प्रस्थान गरेको जहाजमा नेपाल फर्कन चाहने नेपालीहरुलाई पनि ल्याइनेछ । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार नेपाल एयरलाइन्सको बोइङ जहाजले घर फर्कन चाहनेलाई ल्याउने व्यवस्था मिलाइएको छ ।

 घर फर्कन चाहने नेपालीले पाकिस्तानस्थित नेपाली दूतावास अथवा पाकिस्तानबाट काबुल पुगेका कार्यबाहक राजदूतसँग सम्पर्क गर्न सक्नेछन् ।  पहिलो प्राथमिकता मृतकको शव र घाइते हुन्, त्यसपछि घर फर्कन चाहने नेपालीलाई पनि त्यही जहाजमा ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ