2026-09-20 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शारीरिक सम्बन्धको पोल खुल्ने डरले मन्दिराको हत्या, हत्या गरेपछि विवाह

पाँचथर । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२, फुलबारीकी १९ बर्षीया मन्दिरा अधिकारीको शव ३१ दिनपछि शुक्रबार भेटिएको छ । उनको शव हत्या गरेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

मन्दिराको शव पाँचथरको कुम्मायक गाउँपालिका–२, र तेह्रथुमको आठराई गाउँपालिका–७, मा पर्ने तमोर नदीको फाक्चुवा दोभानस्थित सेती बगरमा भेटिएको प्रहरीले जनाएको छ । पाँचथरको कुम्मायक–१, सिम्लेका धनबहादुर माझीले माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव भेटिएको जानकारी पाएपछि त्यहाँ पुगेको इलाका प्रहरी कार्यालय आठराईको टोलिले शव मन्दिराकै भएको पुष्टि गरेको हो । हातमा रहेको चुराको आधारमा परिवारले शवको पहिचान गरेको इलाका प्रहरी कार्यालय आठराईका प्रहरी निरिक्षक शेसकराम थाम्दारले बताए । 

मन्दिराको गत मंसीर १७ गते आठराई त्रिवेणी गाउँपालिका–३, का दाजु पर्ने २७ बर्षीय रमेश अधिकारीले हत्या गरी तमोर नदीमा फालेका थिए । मन्दिरा मंसीर १७ गते साँझदेखि घरबाट बेपत्ता भएकी थिइन् । उनको सोही रात आठराई त्रिवेणी गाउँपालिका–२, फुलबारी पुछार र नाङ्खोल्याङ्को सेसम्भु जोडने खड्कुडे झोलुङ्गे पुल नजिकै हत्या गरी तमोर नदीमा फालेको रमेशले प्रहरी समक्ष स्वीकारीसकेका छन् ।

मन्दिराको सगोत्री दाजु रमेश तीन बर्ष अघिदेखि फुलबारीकै गुप्तेश्वर माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । निमावि तहका लागि करार शिक्षकको रुपमा काम गर्दै आएका रमेश मन्दिराकै घरमा डेरा बस्दै आएका थिए । सोही क्रममा रमेश र मन्दिराबीच प्रेम झाङ्गिएको अनुसन्धानको क्रममा खुलेको ताप्लेजुङ प्रहरीले जनाएको छ । मन्दिरासँग शारीरिक सम्बन्ध समेत राख्दै आएका रमेशले सोही कुरा बाहिर आउने डरले मन्दिराको हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

रमेशलाई प्रहरीले हत्या गरेको २३ दिनपछि पुष नौ गते हाङपाङस्थित घरैबाट पक्राउ गरेको थियो । गत चैत महिनामा दरबन्दी समायोजनपछि रमेश आफ्नै घर हाङपाङ गएका थिए । उनले हाङपाङकै सरस्वती माध्यमिक विद्यालयमा करार शिक्षककै रुपमा काम गर्दै आएका थिए । मन्दिरा हत्याको एक सातापछि, मंसिर २५ गते रमेशको ताप्लेजुङ जिल्लाकै एक युवतीसँग बिवाह समेत भएको छ ।

आफ्नो बिवाहका लागि सामग्री किन्न ताप्लेजुङ सदरमुकाम फुङलिङ गएर फर्किने क्रममा रमेशले मन्दिरालाई फोन गरी भेट्न बोलाएका थिए । भेटपछि बिवाहकै बिषयमा बिवाद हुँदा आवेशमा आई रमेशले मन्दिराको हत्या गरेर तमोर नदीमा फालेको प्रहरी समक्ष बताएका थिए । रमेशले प्रहरी समक्ष मन्दिराको आफैंले हत्या गरेर फालेको बयान दिएपछि ताप्लेजुङ, तेह्रथुम, पाँचथर र धनकुटाका प्रहरीले तमोर नदीमा शवको खोजीकार्य जारी राखेका थिए । उनको शव शुक्रबारै भेटिए पनि ताप्लेजुङ फुलबारीबाट उनका आफन्त शव भेटिएको स्थानमा शनिबार मात्र पुगेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्डमका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ ।

– राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो