श्यामसुन्दर पुडासैनी/असार ९, काठमाडौ । राजधानीका केही डान्सबारहरुले अवैधानीक रुपमा वाउन्सर राखेर आतङ्क मच्चाउदै आएको खुलासा भएको छ । कानुनविपरित हतियार सहितका नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... श्यामसुन्दर पुडासैनी/असार ९, काठमाडौ । राजधानीका केही डान्सबारहरुले अवैधानीक रुपमा वाउन्सर राखेर आतङ्क मच्चाउदै आएको खुलासा भएको छ । कानुनविपरित हतियार सहितका नि"/>
२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा वाउन्सर आतङक, घटना रोक्न प्रहरी उदासिन

२०७३, ९ असार बिहीबार १९:४७

श्यामसुन्दर पुडासैनी/असार ९, काठमाडौ । राजधानीका केही डान्सबारहरुले अवैधानीक रुपमा वाउन्सर राखेर आतङ्क मच्चाउदै आएको खुलासा भएको छ । कानुनविपरित हतियार सहितका निजी सुरक्षाकर्मी राखिएको भन्दै प्रहरीमा उजुरी परेपछी डान्सवार संञ्चालकलेनै लुटपाट तथा आतङ्क मच्चाउदै आएको रहस्य खुलेको हो ।

स्थानीय प्रशासनले प्रतिबन्द लगाएपनि डान्सबार तथा रात्रिकालिन व्यवसायीहरुले खुलेआम हरियार सहितका वाउन्सर राखेपनी प्रहरीले नियन्त्रणमा चासो नदिएको स्थानीयको आरोप छ । ‘होटलका गुण्डाहरु आएर दिनकै झगडा गर्छन् होहल्ला गर्छन् साझमा हिड्न पनी डर मर्दाे छ’ स्थानीयहरु भन्छन् । महानगरिय प्रहरी प्रभाग गौशालाका तत्कालिन प्रहरी नायव उपरिक्षक सुरेन्द्र मैनालीले चावहिल, गौशालालगायतका क्षेत्रमा कुनै पनि सघ सस्था, व्यवसायी तथा व्यक्तिले यसको प्रयोग नगर्न तथा नगराउन कडाई गरेका थिए । पछी मैनाली सरुवा भएर गएपछी नयां आएका प्रहरी नायव उपरिक्षक नवराज कार्कीले यस विषयमा चासो नदिएको स्थानीको आरोप छ ।

प्रहरी नायव उपरिक्षक कार्कीले भने आफु शान्ति सुरक्षा कायम राख्न प्रतिवद्ध प्रतिवद्ध भएको भन्दै स्थानिय सुरक्षा ऐन विपरित हातहतियार राखेको पार्ईएमा तत्काल पक्राउ गरी कारवाही गर्दै आएको दावी गरे । ‘वाउन्सर हटाउन नै भनेर माथीबाट आदेश आएको छैन, तर गुण्डा गर्दी गर्ने, समाजलाई भयवित बनाउने जो कसैलाई छाडिदैन,’ उनले भने, ‘त्यस्ता घटना गराउनेलाई कारवाहीको दायरामा ल्याईरीएको छ ।’ यता गृहमन्त्रालयले पनि सकैलार्ई पनि वाउन्सर राख्ने अधिकार नभएको बताएको छ । प्रबक्ता यादव प्रसाद कोईरालाले भने, ‘यसरी वाउन्सर राख्न पाईदैन, कोही कसैलाई सुरक्षाको थ्रेट छ भन्ने लाग्छ भने सरकारलार्य जानकारी गराउनुपर्छ हामी सुरक्षा गर्छाै ।’

यस्ता हुन्छन् घटना

केही दिनअघि चावहिलचोक भन्दा केही तल रेहेको ‘रेडरोज’ डान्सबारबाट हतियार सहित आएका वाउन्सरको समुहले केही व्यक्तिलाई लुटपाट गरेका थिए । खुकुरी तथा घरेलु हतियार सहित आएका वाउन्सरको समुुहले लुटपाटको लागी आक्रमण गर्दा राज लामा नामका युवक सहित अन्य केही घाईते भएका हुन् । वाउन्सरहरुले ७० हजार रुपैया तथा सुनको सिक्रि समेत लुटेर लगेको उजुरी परेको गौशाला प्रहरीले जनाएको छ । खुकुरी तथा वियरको बोतल प्रहारबाट टाउकोमा गम्भिर चोट लागेका घाईतेहरुको चावहीलस्थित मेडीकेयर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पीडितका आफन्तले प्रहरीमा दिएको उजुरी अनुसार ‘रेड रोज’ डान्सबारका संञ्चालक गोपाल बटालाको निर्देशनमा सह–संचालक नरेश भण्डारी, बाउन्सरहरु सदिप लामा, रोशन लामा, राजेन्द्र पाण्डे लगायताले आक्रमण गरेका हुन् । घटना भएको ४ दिन वित्दा समेत प्रहरीले दोषी माथी कारवाही नगरेको पीडितको गुनासो छ । जसले गर्दा पीडकको मनोबल झन उच्च हुने हुदा यस्ता घटना बृद्धि हुने पीडितको चिन्ता व्यक्त गरेका छौ ।

आक्रमण तथा लुटपाट गर्ने खुलेआम हिड्दा समेत प्रहरीले कारवाही नगरेको पडितको गुनासो छ । तर प्रहरीले भने घटनाको अनुसन्धान जारी भन्दै छानविन गरी दोषीलाई तत्काल कारवाही गर्ने बताएको छ । वाउन्सर राख्ने सञ्चालकले रातको समयमा सञ्चालन हुने सो डान्सबारमा मदिरा सेवन गरेर फर्कीएका ग्रहकलाई केही पर पुगेपछी सञ्ंचालकले नै वाउन्सर प्रयोग गरी लुट्ने गरेको आरोप लाग्दै आएको छ ।


यस विषयमा डान्सबार सञ्ंचालकहरु भने केही वोल्न चाहदैनन् । वाउन्स राख्ने डान्सबार संञ्चालकहरुले हतियार लुकाएर राख्ने गर्छन भने वाउन्सन राख्नु ग्र्रैह्र कानुनी मानिएकोले र अर्काे पद दिएर राख्ने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ