२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले इरानमाथि गरेको आक्रमण प्रति चिनको यस्तो प्रतिकृया

२०७६, २१ पुष सोमबार ११:१२

पुस २१, एजेन्सी | अमेरिकाको हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ज्यान गए पछि दुवै मुलुक बिच तनाब उत्पन्न भएको छ | अमेरिकाको यस्तो कदम प्रति चिनले खेद प्रकट गरेको छ | चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरित भएको बताएका हुन् |

सोमबार प्रवक्ता जेङ सुआङले एक वक्तव्य जारी गर्दै भनेका छन्, 'चीनले आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्ति-सुरक्षा खलबलिन नदिन उचित कदम चाल्नेछ ' उनले इरानले बाह्य दबावमा भए पनि न्यूक्लियरसम्बन्धी सम्झौता पालन गर्दै आएको स्मरण गराए |

इरानले संयमता प्रदर्शन गर्दै सम्झौता उल्लंघन नगर्ने राजनीतिक इच्छा प्रकट गर्दै आए पनि सुआङले उल्लेख गरे । अमेरिकाले ट्रम्प सत्तामा आएसँगै उक्त सम्झौता उल्लङ्घन गरेको थियो | सुआङले, स्पष्ट शब्दमा, अमेरिकाले हिंसात्मक कदम उठाएर अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता उल्लंघन गरेको बताए |

चीन जहिल्यै हिंसात्मक कारबाहीको विपक्ष रहेको र हिंसाले समाधान दिँदैन भन्दै 'न्यूक्लियर मामिलामा सबै पक्ष निष्पक्ष र इमान्दार छलफलका लागि तयार हुनुपर्ने उनले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ