२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा भएको आगलागी:एकअर्कालाई अंकमाल गरिरहेका जनावरको कारुणिक अवस्था

२०७६, २२ पुष मंगलवार ०८:०२

पुस २२, एजेन्सी |अष्ट्रेलियामा भएको भिषण आगलागीले भयावह रुप लिएको छ | कम्तिमा २४ जना मानिसको ज्यान गैसकेको छ भने, ५० करोड भन्दा बढी जीवजन्तुको मृत्यु भइसकेको छ | आगोको मुस्लोबाट भाग्ने क्रममा बाँचेका जनावरहरुको अवस्था कारुणिक छ |

Image may contain: outdoor

यतिबेला आगलागीमा परेका जनावरका निकै दुखद तस्बिरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् | एकअर्कालाई अंकमाल गरिरहेका जनावरका तस्बिर देखिएका छन् | अष्ट्रेलियाको जंगलमा लागेको आगो अझै नियन्त्रण बाहिर छ | इतिहासमै सबैभन्दा खतरनाक आगलागी भएको बिज्ञहरुको भनाइ छ | सयौं घर जलेर नष्ट भएका छन् भने पशुपन्छी, जनावर र हरियो जंगलसबै जलेर खरानी बनेका छन् | 

Image may contain: fire and text

आगलागीबाट प्रभावित सहरका वासिन्दालाई पानी, खाना र इन्धन पुर्‍याउन  सैनिक पानीजहाज र विमान परिचालन भएका छन् | लामो समय सम्मको खडेरी,उच्च तापक्रम, र हावाहुरिका कारणले अहिले सम्म आगो नियन्त्रणमा आउनसकेको छैन |

वैज्ञानिकहरूले चिसो र सिमसार क्षेत्रमा यस्तो आगो लाग्नु अस्वभाविक भएको बताएका थिए | हाल अष्ट्रेलिया ६ मध्ये चार प्रान्तमा आगो फैलिसकेको छ | नोभेम्बर पहिलो सातासम्म मात्रै १५ सय अग्निनियन्त्रकले न्यू साउथ वेल्सका ७० ठाउँका आगो निभाउन खटिएका थिए |

Image may contain: outdoor and nature

उक्त राज्यले  एक दशक यताकै सबैभन्दा डरलाग्दो आगलागी भएको भन्दै सूचना समेत निकाल्यो | आगलागीबाट आकाशमा धुँवाको मुस्लो बसेर वायुको गुणस्तर संसारकै नराम्रो  भएको छ | वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण अष्ट्रेलियामा आगलागी बढ्दै गएको बताएका छन् | गर्मी सिजनमा अष्ट्रेलिया तातो र सुख्खा हुन्छ तर जलवायु परिवर्तनले तातो हुने अवधि बढाइरहेको छ भने वनस्पतिलाई सुख्खा बनाउँछ र यसरी रुख सुख्खा भए पछि आगो छिटो सल्किन्छ |

Image may contain: sky, cloud, outdoor and nature

अष्ट्रेलियाले ठूलो मात्रामा कार्वनडाइअक्साड बिसर्जन  गर्छ | यसरी निस्केको कार्वनडाइअक्साइडले पूरै वायुमण्डललाई तातो बनाउँछ | र विश्वकै वातावारमा प्रदुषण ल्याउने बिज्ञहरुको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ