६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अष्ट्रेलियामा भएको आगलागी:एकअर्कालाई अंकमाल गरिरहेका जनावरको कारुणिक अवस्था

२२ पुष २०७६, मंगलवार ०८:०२

पुस २२, एजेन्सी |अष्ट्रेलियामा भएको भिषण आगलागीले भयावह रुप लिएको छ | कम्तिमा २४ जना मानिसको ज्यान गैसकेको छ भने, ५० करोड भन्दा बढी जीवजन्तुको मृत्यु भइसकेको छ | आगोको मुस्लोबाट भाग्ने क्रममा बाँचेका जनावरहरुको अवस्था कारुणिक छ |

Image may contain: outdoor

यतिबेला आगलागीमा परेका जनावरका निकै दुखद तस्बिरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् | एकअर्कालाई अंकमाल गरिरहेका जनावरका तस्बिर देखिएका छन् | अष्ट्रेलियाको जंगलमा लागेको आगो अझै नियन्त्रण बाहिर छ | इतिहासमै सबैभन्दा खतरनाक आगलागी भएको बिज्ञहरुको भनाइ छ | सयौं घर जलेर नष्ट भएका छन् भने पशुपन्छी, जनावर र हरियो जंगलसबै जलेर खरानी बनेका छन् | 

Image may contain: fire and text

आगलागीबाट प्रभावित सहरका वासिन्दालाई पानी, खाना र इन्धन पुर्‍याउन  सैनिक पानीजहाज र विमान परिचालन भएका छन् | लामो समय सम्मको खडेरी,उच्च तापक्रम, र हावाहुरिका कारणले अहिले सम्म आगो नियन्त्रणमा आउनसकेको छैन |

वैज्ञानिकहरूले चिसो र सिमसार क्षेत्रमा यस्तो आगो लाग्नु अस्वभाविक भएको बताएका थिए | हाल अष्ट्रेलिया ६ मध्ये चार प्रान्तमा आगो फैलिसकेको छ | नोभेम्बर पहिलो सातासम्म मात्रै १५ सय अग्निनियन्त्रकले न्यू साउथ वेल्सका ७० ठाउँका आगो निभाउन खटिएका थिए |

Image may contain: outdoor and nature

उक्त राज्यले  एक दशक यताकै सबैभन्दा डरलाग्दो आगलागी भएको भन्दै सूचना समेत निकाल्यो | आगलागीबाट आकाशमा धुँवाको मुस्लो बसेर वायुको गुणस्तर संसारकै नराम्रो  भएको छ | वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण अष्ट्रेलियामा आगलागी बढ्दै गएको बताएका छन् | गर्मी सिजनमा अष्ट्रेलिया तातो र सुख्खा हुन्छ तर जलवायु परिवर्तनले तातो हुने अवधि बढाइरहेको छ भने वनस्पतिलाई सुख्खा बनाउँछ र यसरी रुख सुख्खा भए पछि आगो छिटो सल्किन्छ |

Image may contain: sky, cloud, outdoor and nature

अष्ट्रेलियाले ठूलो मात्रामा कार्वनडाइअक्साड बिसर्जन  गर्छ | यसरी निस्केको कार्वनडाइअक्साइडले पूरै वायुमण्डललाई तातो बनाउँछ | र विश्वकै वातावारमा प्रदुषण ल्याउने बिज्ञहरुको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा