असार १३, कालीकोट । जिल्ला विकास समि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १३, कालीकोट । जिल्ला विकास समि"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

विप्लव माओवादीले जिविस प्राविधिकलाई कालोमोसो दल्यो

१३ असार २०७३, सोमबार ०९:२३

असार १३, कालीकोट । जिल्ला विकास समिति कालीकोटका प्राविधिक जनक रोकायालाई सोमबार विहान विप्लव नेतृत्वको नेकपा माओवादीले कालीकोटको सदरमुकाम मान्मको विच बजारमा कालोमोसो दलेका छन ।

विगत लामो समय देखि जिल्लाका विभिन्न विकास निर्माणका योजनाहरुमा उपभोक्ता समितिबाट ३० प्रतिशत बढि रकम कमिशन मागेको, योजनाहरुमा दुव्लिकेशनका साथै गुणस्तरहिन गरेको जनताहरुलाई विकास निर्माणका काम स्टमेट अनुसार नभएको भन्दै दुःखदिने गरेकोले उनलाई कालोमोसो दलेको नेकपा माओवादी कालीकोटले जनाएको छ ।

साथै माओवादीले कर्णाली रोजगार कार्यक्रममा सामान खरिदमा २५ प्रतिशत रकम कमिशन लिई योजनाहरु अधुरा गर्ने गरेको पर्चामा उल्लेख गरेको छ । रोकायले एक करोड भन्दा ठुला योजनाहरुमा दुई देखि तिन लाख सम्म कमिशन माग्ने गरेको र त्यो नदिएमा योजनाहरुको फरफराकमा रोक्दै आएको बताइएको छ ।

कालीकोट जिल्लामा माओवादीले भष्ट्राचार गर्ने र गराउनमा सहयोग गर्नेलाई आफुहरुले जस्तोसुकै चुनौति आएपनि नछाड्ने बताएको छ । विप्लव माओवादी कालीकोटका जिल्ला सेक्रेटरी लोकजङ्ग शाहीका अनुसार आफहरुको लिष्टमा धेरै भष्ट्रचारीहरुको विवरण रहेकाले निरन्तर जारी राख्ने बताएका छन ।

केही दिन अघि जिल्ला सदरमुकाम मान्ममा आयोजित सभामा आफुहरुले जिल्लाका भष्ट्रचार गर्नेहरुमाथि आफुहरुले कावाही गर्ने भन्दै उक्त पार्टीका केन्द्रिय सदस्य एटम विसिले उद्घोष गरेको एक हप्ता भित्र जनक रोकाया माथि कालोमोसो दलिएको बताइएको छ ।

सार्वजनिक स्थलमा जिविस प्राविधिक जनक रोकाया माथि अभद्र व्यावहार गरेको भन्दै घटनामा संलग्न भएको आरोपमा माओवादी पूर्व जनसरकार प्रमुख तथा भेरी कर्णालि मुक्ति मोर्चाका कर्णालि संयोजक कर्ण बहादुर भण्डारी(विराट)लाई जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक टेक बहादुर जोराले जानकारी दिएका छन । उनका अनुसार घटनामा संलग्नहरुलाई प्रहरीले खोजि कार्य जारी राखेको बताइएको छ । रुपेन्द्र ऐडीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य