२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन राशिको मानिसको बिशेषता कस्तो हुन्छ ? सफल हुनको लागि पढ्नुहोस्

२०७६, २२ पुष मंगलवार ०९:३०

सास | हरेक मानिस जीवनमा सफल हुन चाहन्छ तर उसलाई केही न् केहि कुराले रोकेर असफलताको बाटोमा लगिरहेको हुनसक्छ । त्यसो त कतिपय कुराहरुको बिषयमा आफू जानकार नभएर पनि हामी असफलताको बाटोमा गईरहेका हुन सक्छौ । त्यसैले पनि हामीले समयमै आफ्नो कमजोरी बुझेर अगाडी बढ्न सक्ने हो भने सफल व्यक्ति बन्न सकिन्छ । आउनुहोस् आज हामीले तपाईलाई राशि अनुसार बिशेष जानकारी दिन गईरहेका छौं ।

मेष राशिका मानिसहरु धेरै चाँडै रिसाउँछन्, जसको कारण मानिसहरुसंग उनीहरूको सम्बन्ध बिग्रन्छ । परिणाम स्वरूप सफलताको बाटोमा जान यो राशिका मानिसलाई गाह्रो हुन्छ । त्यसैले मेष राशि भएका व्यक्तिहरूले आफ्नो रीस नियन्त्रण गर्नुपर्छ ।

वृष राशि भएका मानिसहरू अट्टेरी (जिद्धि)  स्वभावका हुन्छन् । आफ्नै मनोमानी प्रकृतिको कारण अन्य मानिसहरु उनीहरु संग चाँडै रिसाउँछ । उनीहरूको स्वभावले पनि उनीहरूलाई अगाडि बढ्नबाट रोक्छ, त्यसैले वृष राशि भएकाहरुले आफैलाई आफ्नो हठी, जिद्धि स्वभावबाट टाढा राख्नुपर्छ ।\


मिथुन राशिका व्यक्तिहरू अरुलाई धेरै चाँडै विश्वास गर्दछन् । अरुको विवेकमा काम गर्दा प्राय नोक्सान भोग्नुपर्ने हुन्छ र धेरै राम्रा अवसरहरू उनीहरूको हातबाट बाहिर खेर जान्छन् । मिथुन राशिका व्यक्तिहरूले अरूलाई विश्वास गर्नु अघि सोचेर निर्णय लिनु पर्दछ ।

कर्कट राशि भएका मानिसहरु धेरै भावनात्मक हुन्छन् । तिनीहरू प्रायः भावनात्मकतामा लागेर गलत निर्णय लिन्छन् । जसको कारणले कर्कट राशि भएका व्यक्तिहरुले पछि पश्चाताप मान्नुपर्दछ । 


सिंह राशि भएका मानिसहरु आफ्नो आवश्यकता पुरा गर्नको लागि कुनै कुरा बाँकी राख्दैनन् । यहाँसम्म कि उनीहरु धेरै समय खर्च गरेर भए पनि आफ्नो काम सम्पन्न गर्छन् । साथै छोटो तरिकाले काम गर्ने कुरामा निर्धक्क तरिकाले खर्च गर्छन् । जसको कारण उनीहरुलाई भविष्यमा पछुतो हुन सक्छ । उसको सबैभन्दा ठूलो कमजोरीनै खर्च गर्ने बानी हो, जुन बानी परिवर्तन गर्नुपर्दछ ।

 

कन्या राशि भएका मानिसहरु स्वभावैले अहंकारी हुन्छन् । त्यसैले अरूलाई उनीहरु आफूभन्दा साधारण भन्ने ठान्छन् । तिनीहरूको यस्तै कार्यहरूले यिनीहरुको प्रगतिमा तगारो बनिदिन्छ । कन्या राशि भएका व्यक्तिहरूले आफ्नो अहंकार र अरूलाई तुच्छ ठान्ने प्रकृतिबाट टाढा बस्नु पर्छ।

तुला राशि भएका व्यक्तिहरू अरूलाई आवश्यकता भन्दा बढी सहयोग गर्ने बारे सोच्दछन्, मानिसहरूले यसै कमजोरीको फाइदा लिन्छन । यिनीहरु उदार प्रकृति स्वभाव देखेर मानिसहरुले यिनीहरुलाई धोका पनि दिन सक्छन् ।

वृश्चिक राशि भएका मानिसहरु हरेक कुरामा रिसाउने स्वभावका हुन्छन् । यो उनीहरुको सबैभन्दा ठूलो कमजोरी हो । यही क्रोधको कारण तिनीहरूलाई सफलताले साथ दिदैन । वृश्चिक राशि भएकाहरुले आफ्नो रिस र आवेगलाई नियन्त्रणमा राख्न सक्नुपर्दछ ।

धनु राशि भएका मानिसहरु धेरै बोल्ने स्वभावका हुन्छन् । उनीहरु साधारण भएपनि ठूला ठूला कुरा गरेर अरुलाई सानो बनाउन खोज्छन् । उनीहरूको यहि बानीको कारण जीवनको प्रगतिको बाटो बन्द हुन सक्छ । यस्ता मानिसहरुले सकेसम्म कम बोल्ने महत्वपूर्ण बिषयमा बोल्दा सोचेर मात्र बोल्ने गर्नुपर्दछ ।

मकर राशिका मानिसहरुलाई लाग्दछ कि ममा कुनै कुराको कमि छैन । जसको कारणले उनीहरु नयाँ कुरा जान्ने/ सिक्ने कोसिस गर्दैनन् । यही बानीले उनिहरुलाई सफलताको बाटोमा लैजादैन । उनीहरूलाई लाग्दछ कि मलाई धेरै ज्ञान छ, अरु भन्दा बढी जान्ने/बुझ्ने छु । यही कमजोरीका कारण मकर राशि भएका मानिसहरुलाई सफल बन्नबाट रोक्छ । यो राशि भएकाहरुले अहमता त्यागेर, अरुको कुरा सुन्ने गर्नु पर्दछ ।

कुम्भ राशि भएका मानिसहरु आफ्नो कुरामा अडिग रहन्छन् र उनीहरु अरुको अगाडी झुक्न तयार हुँदैनन् । तिनीहरूको यही बानीको कारण उनीहरु असफल बाटोमा जान सक्छन् । यो राशिका मानिसले अरुको कुरा सुन्ने र उनीहरुको अगाडी सानोजस्तो बन्न सक्ने हुनुपर्दछ । 

मीन राशि हुनेहरुमा आत्मविश्वासको कमी छ । जीवनमा केहि गरौँ भन्ने हौशालाको कमि हुने हुँदा यिनीहरुलाई बिभिन्न चुनौतीहरु आई लाग्न सक्छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो