२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानले लियो सुलेमानी हत्त्याको बदला :अमेरिकी एयरबेसमा दर्जनौ क्षेप्यास्त्र प्रहार

२३ पुष २०७६, बुधबार ०५:२४

पुस २३, एजेन्सी | इरानले इराकस्थित अमेरिकी एयरबेसमा  एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार  गरेकको छ | इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेस क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ |

इरानी संचार माध्यमका आनुसार अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको बताएको छ |

इर्बिल र अल असादमा रहेको दुईवटा बेसमा आक्रमण भएको अमेरिकाले जनाएको छ | क्षेप्यास्त्र आक्रमण के कस्तो क्षति भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन | यता, इरानको रिभोलुसनरी गार्डले सुलेमानीको हत्याको जवाफमा मिसाइल हमला गरेको बताएको छ |

इरानको राज्यद्वारा सञ्चालित आइआरएनए न्युज एजेन्सीद्वारा प्रशारित रिभोलुसनरी गार्डको वक्तव्यमा भनिएको छ,‘हामी ‘आतंकवादी सेनालाई’ बेस बनाउन दिएका सबै अमेरिकी सहयोगीहरुलाई चेतावनी दिन चाहन्छौँ, इरानविरुद्ध आक्रामक कार्यको सुरुवात गर्ने विन्दुको कुनै पनि क्षेत्रलाई निशाना बनाइनेछ,|'

सुलेमानीको अन्तेष्टिको केही घण्टापछि अल असादमा पहिलो क्षेप्यास्त्र हमला गरिएको थियो | त्यसको केही समयपछि नै इर्बिलमा पनि क्षेप्यास्त्र प्रहार गरिएको थियो | इराकमा अमेरिकाको करिब ५ हजार सेना रहेको छ | राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकबाट सेना हटाउन देशका लागि ठूलो नोक्सानी हुने बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा