२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शान्ति भङ्ग गरेको आरोपमा यादव पक्राउ

२४ पुष २०७६, बिहीबार ०३:४०

पुस २४, सर्लाही (रासस) । शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु यादवलाई पक्राउ गरेको छ । 

चर्को ब्याजमा पैसा लगानी गरेर ठगी गरेको भन्दै पीडित व्यक्तिले काठमाडौँमा गएर मङ्गलबार उजुरी दिएपछि गृहसचिवको आदेशमा शान्ति भङ्गको मुद्दामा यादवलाई हरिपुर नगरपालिकाबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो । 

शान्ति भङ्गको मुद्दामा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट बुधबार साँझ म्याद थप गराएर उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । 

पीडितले काठमाडौँ गएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेता नारायणकाजी श्रेष्ठलगायतलाई भेटेपछि यादवलाई पक्राउ गर्न प्रहरीले माथि दबाब बढेको थियो । यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा १५ भदौमा सर्लाहीका श्याम परदेशी पनि पक्राउ परेको थियो । पुर्पक्षको लागि परदेशी अहिले करागारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा