२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका र इरान बिचको तनाब:ट्रम्पको सम्बोधनपछि युद्धको सम्भावना अन्त्य भएकै हो त ?

२०७६, २४ पुष बिहीबार ०७:४१

पुस २४, एजेन्सी | गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले इरानका सेना कमान्डर जेनरल कासिम सुलेमानिको ड्रोन् आक्रमणमा हत्त्या गरेपछि दुवै देशबीच स्थिति तनाब बन्यो | त्यसको बदलामा इरानले इराक स्थित अमेरिकी सैन्य हवाई आधारमा दर्जनौ मिसाइल आक्रमण गर्यो र उक्त आक्रमणमा परि ८० जना अमेरिकी सैनिक मारिएको इरानको दाबि छ |

यता अमेरिकाले भने इरानको दाबिलाई अस्विकार गरेको छ | इरानको आक्रमणबाट कुनै मानवीय क्षेती नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबि गरेका छन् | जवाफमा अमेरिकाले इरानमाथि हमाला गरे दुबई र इजरायलमा आक्रमण गर्ने चेतावनी इरानले दिए संगै अमेरिका पछि हटेको हो |

बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन् | सम्बोधनमा ट्रम्पले इरानमाथि थप सैन्य कारबाहीको सम्भावना भने देखाएनन् | उनले इरान पछि हटेको बताएका छन् | 'इरानले यो द्वन्द्वलाई थप चर्काउन नचाहेको देखिन्छ, जुन यसमा संलग्न सबै पक्षका लागि र यो विश्वकै लागि खुसीको कुरा हो,' उनले भने | शान्ति चाहनेहरूसँग अमेरिका शान्तिकै व्यवहार  गर्न तयार रहेको उनको भनाइ छ |

इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले सैनिक कमान्डर सुलेमानीको हत्याको बदलामा इरानबाट 'जवाफी कारबाही सकिएको' बताएपछि दुवै देश पछि हटेका हुन् | आफु राष्ट्रपति रहेसम्म इरानलाई आणविक हतियार राख्न नदिने उनको दाबि छ | इरानी सैनिक कमान्डर सुलेमानीलाई पहिले नै मारिनुपर्ने बताउँदै उनले भविष्यमा कुनै पनि किसिमको आतंकवादी गतिविधिमा संलग्न नहुन इरानलाई चेतावनी दिए | उनले इरानमाथि नयाँ आर्थिक प्रतिबन्धको घोषणा समेत गरेका छन् |  

यसअघि इरानका राष्ट्रपति हसन रूहानीले पनि मध्यपूर्व क्षेत्रबाट सबै अमेरिका सेना हटाउने चेतावनी दिएका थिए |इरानी सैनिक कमान्डर कासिम सुलेमानीको हत्याको बदलामा तेहरानको तर्फबाट यही नै 'अन्तिम जवाफ' हुने राष्ट्रपति रूहानीको धारणा छ | त्यस्तै इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले मिसाइल आक्रमण गरेर अमेरिकाको 'गालामा थप्पड हानेको' बताएका थिए | अमेरिकी संचारमाध्यमका अनुसार तत्काललाई युद्धको सम्भावना हटेपनि भविष्यमा दुवै देशबिच फेरी तनाब बढ्न सक्ने स्थिति रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ