२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकासँग बदला लिने इरानको सैन्य क्षमता कति छ ?

२०७६, २४ पुष बिहीबार ११:५५

पुस २४, एजेन्सी | अमेरिका र इरानबिचको तनाब चुलिदै गएपछि दुवै देशलाई सम्यमता अपनाउन अन्य संयुक्त राष्ट्र संघलगायत अन्य राष्ट्रहरुले पनि आग्रह गरेका छन् | दुई देशबीचको बढ्दो तनाबका कारण तेश्रो बिश्व युद्धको सम्भावना त छैन ? भन्ने प्रश्न खडा गरेको छ | विश्वभरिका मानिस नै यतीबेला त्रशित भएका छन् भने पेट्रोलियम पदार्थको मूल्य चार प्रतिशतले वृद्धि भइसकेको छ | 


गत शुक्रबार अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानिको ड्रोन् आक्रमणमा भएको हत्या पछि बदलामा इरानले पनि इराक स्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनौं  क्षेप्यास्त्र प्रहार गरेको छ |

फेरी अमेरिकाले आअक्र्मन् गरे दुबई र इजरायलमाथि  आक्रमण गर्ने चेतावनी समेत दिएको इरानसँग सैन्य क्षेमता कति छ ? के इरानले अमेरिकालाई धम्की दिनसक्छ त ? यस्ता प्रश्नहरुले आज सबै मानिसमा कैतुहलता सृजना गरेको छ |

विश्वका आणविक शक्ति भएका देश मध्ये एक हो इरान पनि | इरानसँग मध्येपूर्वी देशहरु मध्ये सबैभन्दा बढी आणविक हतियार रहेको अमेरिकी रक्षा विभागले जनाएको छ | अमेरिका जति मिसाइल प्रहार गर्ने क्षमता भने छैन |

सन् २०१५ को परमाणु सन्धिअनुसार ईरानले लामो दुरीको मिसाइल परीक्षण कार्यक्रम बन्द गरेको थियो | तर यसबाट के प्रस्ट हुन्छ भने उसँग छोटो र मध्यम दुरीको मिसाइल छ, जसले साउदी अरब र खाडीको कैयौँ देशलाई निसाना बनाउन सक्छ |


त्यस्तै ईरानले कैयौँ पटक ड्रोनको प्रयोग गरिसकेको छ | सन् २०१६ मा इराकमा इस्लामिक स्टेटविरुद्धको युद्धमा ड्रोनको प्रयोग भएको थि भने २०१९ मा ईरानले एक अमेरिकी ड्रोनलाई ड्रोनले नै प्रहार गरेर खसालेको थियो |

सन् २०१० ईरानको परमाणु संयन्त्रमा साइबर आक्रमणपछि अमेरिका समेत आश्चर्य भएको थियो | ईरानले साइबर जासुसीको लागि एअरस्पेस, प्राकृतिक संसाधन, टेलिकम्युनिकेशन कम्पनी र सुरक्षालाई लक्षित गरेको जनाइएको छ |


अमेरिकी राष्ट्रपतीको चुनावको क्रममा अमेरिकी अधिकारीहरुको अकाउन्ट नै ह्याक गर्ने प्रयास इरानिले गरेका थिए | इरानसँग साढे तीन लाख र इस्लामिक रिभोल्युशनरी गार्ड्सका डेढ लाख सैन्यकर्मी सामेल छ भने ईरानको सेनामा रिभोल्युशनरी गार्ड्सका २० हजार जल सेना रहेका छन् |


अमेरिकी प्रतिबन्धको बाबजुद ईरानले आफ्नो सेनाको लागि ड्रोन विकास गर्न सफल भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण