२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ सय ८० यात्रु बोकेको युक्रेनको विमान इरानले खसालेको दाबि

२०७६, २५ पुष शुक्रबार ०६:४१

पुस २५, एजेन्सी | क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेऊलगायतका पश्चिमी दुनियाँका कतिपय नेताले गएको बुधबार बिहान तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको युक्रेनको विमान इरानको मिसाइलका कारण दुर्घटनामा परेको दाबी गरेका छन् ।

क्यानडाका प्रधानमन्त्रीले त आफूसँग प्रमाण रहेको पनि जनाएका छन् । उनले इरानको गल्तीका कारण सो दुर्घटना भएको उल्लेख गरेका छन् । क्यानडा र बेलायतले सो घटनाको पूर्ण जाँचको माग गरेका छन् | बुधबार बिहान तेहरान विमानस्थलबाट सो विमान उड्नासाथै दुर्घटनामा परेको बताइएको थियो । उक्त विमानमा रहेका १७६ मानिसको मृत्यु भएको थियो । 

क्यानडाका प्रधानमन्त्री जस्टिनले आफूलाई कैयौं खुफिया सूत्रहरुले सो विमान इरानको जमिनबाट हावामा प्रहार गर्ने मिसाइल प्रहारका कारण भएको बताएको उल्लेख गरेका छन् | यो जानीबुझी नगरेको पनि हुन सक्ने उनको भनाइ छ । 

उनले सो घटनाको पूर्णजाँच आवश्यक रहेको बताउँदै भनेका छन्, “क्यानडाका मानिसको मनमा कैयौं सवाल छन् त्यसैले उनीहरुलाई त्यसको जवाफ मिल्न जरुरी छ ।”जस्टिनले अहिले नै कसैलाई आरोप लगाउनु वा कुनै नतिजामा पुग्न हतार हुन सक्छ भनेका छन् । उनले प्रमाणको बारेमा चाहिँ थप बोल्न चाहेनन् |

विमानमा क्यानडाका मात्रै  ६३ नागरिक थिए । उनीहरु सबै टोरन्टो गइरहेका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि क्यानडाका प्रधानमन्त्रीको भनाइमा सहमति जनाएका छन् । उनले बेलायत र क्यानडा आपसी सहयोगका साथ त्यसबारेमा काम गरिरहेको उल्लेख गरेका छन् ।

यो भन्दाअघि अमेरिकी मिडियाले इरानको गल्तीका कारण युक्रेनको विमान दुर्घटनामा परेको जनाएका थिए । अमेरिकी न्यूज च्यानल सीबीएसका अनुसार अमेरिकी अधिकारीले युक्रेन इन्टरनेसनल एयरलाइन्सको बोइङ ७३७ विमान इरानको मिसाइलका कारण दुर्घटनामा परेको जनाएका छन् । 

इरानले चाहिँ यो आरोपलाई अफवाह भनेको छ । यद्यपि युक्रेनले संयुक्त राष्ट्रसंघ समक्ष विमान दुर्घटना जाँचको माग गरेको छ | युक्रेनले मिसाइल लागेका कारण विमान दुर्घटना भएको हो कि होइन भन्ने बारेमा आफूले जाँच गरिरहेको जनाएको थियो । सो आशंकालाई यसअघि नै इरानले अस्वीकार गरेको थियो । 

इरानले जब इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो त्यस लगत्तै युक्रेनको विमान दुर्घटनामा परेको थियो । सीबीएस न्यूजले अमेरिकी खुफिया विभागको हवाला दिँदै एक सेटलाइटबाट दुई मिसाइल लन्च गरिएको इन्फारेड ब्लिप्स देखिएको थियो र लगत्तै विस्फोटको पनि एक ब्लिप देखिएको जनाएको छ ।

यसैबीच न्यूजविक म्यागेजिनले अमेरिकी रक्षा मन्त्रालय, अमेरिकी खुफिया विभाग र इराकी खुफिया विभागका अधिकारीको हवाला दिँदै सो विमान रुसमा निर्मित टोर मिसाइलसँग ठोक्किएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार भनेका थिए,“मलाइ विमानको बारेमा शंका छ । कसैले गल्तीले खसालीदियो । ”उनको भनाइको खन्डन गर्दै इरानले त्यो भनाई केवल अफवाह भएको जनाएको थियो । इरानको एउटा सरकारी अंग्रेजी टेलिभिजन च्यानल प्रेस टीभीले इरानको नागरिक उड्डयन मन्त्रालयलाई उद्धृत गर्दै ट्विट गरेको छ,“युक्रेनको यात्रुवाहक विमान मिसाइलसँग ठोक्किएको भन्ने समाचार अतार्किक अफवाह हो ।”

एएफपीले जनाएअनुसार युक्रेनका एक मन्त्रीले इरानमा गएको बुधबार भएको विमान दुर्घटनाको विनाशर्त जाँचबुझ गर्न संयुक्त राष्ट्र संघ समक्ष माग गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ