२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१ सय ८० यात्रु बोकेको युक्रेनको विमान इरानले खसालेको दाबि

२५ पुष २०७६, शुक्रबार ०६:४१

पुस २५, एजेन्सी | क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेऊलगायतका पश्चिमी दुनियाँका कतिपय नेताले गएको बुधबार बिहान तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको युक्रेनको विमान इरानको मिसाइलका कारण दुर्घटनामा परेको दाबी गरेका छन् ।

क्यानडाका प्रधानमन्त्रीले त आफूसँग प्रमाण रहेको पनि जनाएका छन् । उनले इरानको गल्तीका कारण सो दुर्घटना भएको उल्लेख गरेका छन् । क्यानडा र बेलायतले सो घटनाको पूर्ण जाँचको माग गरेका छन् | बुधबार बिहान तेहरान विमानस्थलबाट सो विमान उड्नासाथै दुर्घटनामा परेको बताइएको थियो । उक्त विमानमा रहेका १७६ मानिसको मृत्यु भएको थियो । 

क्यानडाका प्रधानमन्त्री जस्टिनले आफूलाई कैयौं खुफिया सूत्रहरुले सो विमान इरानको जमिनबाट हावामा प्रहार गर्ने मिसाइल प्रहारका कारण भएको बताएको उल्लेख गरेका छन् | यो जानीबुझी नगरेको पनि हुन सक्ने उनको भनाइ छ । 

उनले सो घटनाको पूर्णजाँच आवश्यक रहेको बताउँदै भनेका छन्, “क्यानडाका मानिसको मनमा कैयौं सवाल छन् त्यसैले उनीहरुलाई त्यसको जवाफ मिल्न जरुरी छ ।”जस्टिनले अहिले नै कसैलाई आरोप लगाउनु वा कुनै नतिजामा पुग्न हतार हुन सक्छ भनेका छन् । उनले प्रमाणको बारेमा चाहिँ थप बोल्न चाहेनन् |

विमानमा क्यानडाका मात्रै  ६३ नागरिक थिए । उनीहरु सबै टोरन्टो गइरहेका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि क्यानडाका प्रधानमन्त्रीको भनाइमा सहमति जनाएका छन् । उनले बेलायत र क्यानडा आपसी सहयोगका साथ त्यसबारेमा काम गरिरहेको उल्लेख गरेका छन् ।

यो भन्दाअघि अमेरिकी मिडियाले इरानको गल्तीका कारण युक्रेनको विमान दुर्घटनामा परेको जनाएका थिए । अमेरिकी न्यूज च्यानल सीबीएसका अनुसार अमेरिकी अधिकारीले युक्रेन इन्टरनेसनल एयरलाइन्सको बोइङ ७३७ विमान इरानको मिसाइलका कारण दुर्घटनामा परेको जनाएका छन् । 

इरानले चाहिँ यो आरोपलाई अफवाह भनेको छ । यद्यपि युक्रेनले संयुक्त राष्ट्रसंघ समक्ष विमान दुर्घटना जाँचको माग गरेको छ | युक्रेनले मिसाइल लागेका कारण विमान दुर्घटना भएको हो कि होइन भन्ने बारेमा आफूले जाँच गरिरहेको जनाएको थियो । सो आशंकालाई यसअघि नै इरानले अस्वीकार गरेको थियो । 

इरानले जब इराकस्थित अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो त्यस लगत्तै युक्रेनको विमान दुर्घटनामा परेको थियो । सीबीएस न्यूजले अमेरिकी खुफिया विभागको हवाला दिँदै एक सेटलाइटबाट दुई मिसाइल लन्च गरिएको इन्फारेड ब्लिप्स देखिएको थियो र लगत्तै विस्फोटको पनि एक ब्लिप देखिएको जनाएको छ ।

यसैबीच न्यूजविक म्यागेजिनले अमेरिकी रक्षा मन्त्रालय, अमेरिकी खुफिया विभाग र इराकी खुफिया विभागका अधिकारीको हवाला दिँदै सो विमान रुसमा निर्मित टोर मिसाइलसँग ठोक्किएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार भनेका थिए,“मलाइ विमानको बारेमा शंका छ । कसैले गल्तीले खसालीदियो । ”उनको भनाइको खन्डन गर्दै इरानले त्यो भनाई केवल अफवाह भएको जनाएको थियो । इरानको एउटा सरकारी अंग्रेजी टेलिभिजन च्यानल प्रेस टीभीले इरानको नागरिक उड्डयन मन्त्रालयलाई उद्धृत गर्दै ट्विट गरेको छ,“युक्रेनको यात्रुवाहक विमान मिसाइलसँग ठोक्किएको भन्ने समाचार अतार्किक अफवाह हो ।”

एएफपीले जनाएअनुसार युक्रेनका एक मन्त्रीले इरानमा गएको बुधबार भएको विमान दुर्घटनाको विनाशर्त जाँचबुझ गर्न संयुक्त राष्ट्र संघ समक्ष माग गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की