२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरान विमान दुर्घटना:झुटो बोलेको भन्दै सरकार बिरुद्ध हजारौं प्रदर्शनमा,ट्रम्पको समर्थन

२०७६, २७ पुष आईतवार ०५:५८

पुस २७, एजेन्सी | इरानमा  युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध हजारौं मानिस प्रदर्शनमा उत्रिएका छन् | अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने उक्त प्रदर्शनको समर्थन गरेका छ | प्रदर्शनका क्रममा अश्रुग्याँस प्रहार गरिएको छ |


इरानले खसालेको युक्रेनको विमानमा १७६ जनाको मृत्यु भएको थियो | त्यस्तै इरानले शनिवार "भुलवश" त्यो विमान खसालेको स्वीकार गरेको थियो |जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाब बढ्दै गएको थियो | बदलामा इरानले इराक स्थित अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेको केहि समयमै उक्त विमान खसालेको थियो |

उक्त विमान दुर्घटनामा इरान, क्यानडा, युक्रेन, यूके, अफगानिस्तान र जर्मनीका नागरिकहरूको मृत्यु भएको थियो | विद्यार्थीहरूले विमान खसाल्न जिम्मेवार र उक्त घटना लुकाउनेहरूमाथि मुद्दा चलाइनुपर्ने माग गरेका छन् |

प्रदर्शनका क्रममा उनीहरूले इरानका सर्वोच्च नेता आयतूला अलि खामनेईतर्फ लक्षित गर्दै "मुख्य कमान्डर राजीनमा गर" र "झुटो बोल्नेहरूलाई मृत्यु" भन्दै नाराबाजी गरेका थिए | प्रदर्शनकारिलाई प्रहरीले  अश्रुग्याँस प्रहार  गरि तितरबितर पारेको छ |

अमेरिकी राष्टपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै लेखेका छन्,"इरानका बहादुर तथा पीडित नागरिकहरू: म मेरो कार्यकालको सुरुबाटै तपाईँहरूको पक्षमा उभिएको छु र मेरो सरकार तपाईँहरूको पक्षमा निरन्तर उभिने छ। हामी तपाईँहरूको प्रदर्शनलाई नजिकबाट नियालिरहेका छौँ। तपाईँहरूको साहस प्रेरणादायी छ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ