२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमा युक्रेनी विमान खसाल्ने पक्राउ

२०७६, २९ पुष मंगलवार ११:३९

पुस २९, एजेन्सी | १ सय ७६ जना यात्रु बोकेको युक्रेनी विमान खसालेको आरोपमा इरानले धेरै मानिसलाई पक्राउ गरेको छ | इरानको न्यायलयका अनुसार मिसाइल प्रहार गरी युक्रेनी विमान खसालेको आरोपमा धेरैलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ  | तर, नियन्त्रणमा लिइएका व्यक्तिको संख्या भने खुलाइएको छैन | 

न्यायलयका प्रवक्ता घोलामहोसेन इस्माइलीले सञ्‍चारकर्मीसँग भने, "विमान खसालेको विषयमा अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।" उनले यस विषयमा थप विवरणहरु भने खुलाएनन् । 

इरानका राष्ट्रपति हसन रुहानीले यस विषयको छानबिन विशेष अदालतद्वारा निरीक्षण गरिने बताएका छन् । उनले यस दुखद घटनाको दोष मिसाइल प्रहारका लागि ट्रिगर दबाउने एकजनालाई मात्र लगाउन नहुनेतर्फ जोड दिएका छन् । "इरानी सेनाले भूलवश भएको गल्तीलाई स्वीकार गर्नु राम्रो कदम हो," उनले भने, "हामीले आगामी दिनमा यस्तो किसिमको घटना नहोस् भन्‍ने विश्वास दिलाउन सक्नुपर्छ ।" 

पीएस ७५२ कलसाइनको युक्रनी अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान जनवरी ८ मा इरानमा दुर्घटना भएको थियो । उक्त दुर्घटना १७६ जनाको मृत्यु भएको थियो । जसमा इरानी र क्यानेडियन नागरिक बढी थिए ।

दुर्घटनाको सुरुका तीन दिन भने इरानले विमान खसालेको आरोप अस्वीकार गरेको थियो । तर, तीन दिनपछि भने प्राविधिक असफलताका कारण भएको मिसाइल प्रहारमा विमान खसेको इरानी सेनाले स्वीकार गरेको हो |-बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ