2026-07-24 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैसेपाटी भेलामा प्रधानमन्त्री फेर्ने नै थियो प्रस्ताव ?

माघ १, काठमाडौं ।शर्त पूरा नहुँदा उम्मेदवारी अस्वीकार । तर, प्रयास भने जारी राख्दै गत साता नेकपाको संगठन विभाग प्रमुखसमेत रहेका सचिवाल सदस्य वामदेव गौतमको भैँसेपाटीस्थित घरमा सम्पन्न नेकपा अध्यक्षसहितको भेलाले निम्त्याएको अविश्वासपूर्ण आशंका अझै सेलाएको छैन ।

राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनको निम्ति वामदेवका हकमा उम्मेदवारीमा सहमति तर शर्तमा प्रधानमन्त्रीबाटै सहमति राखिएपछि नेकपाका एकथरि नेता अझै संविधान संशोधन गरेर जानुपर्ने भन्दै आकस्मिक छलफल जुटेका हुन् । पुस २३ गते बुधबार गौतमको भैँसेपाटीस्थित निवासमा संविधानको एउटामात्रै शब्द संशोधन गर्ने मस्यौदा उपर नेताहरुबीच प्रसङ्ग छेडिएको बताइन्छ ।

पहिला सचिवालय बैठकमा पनि कुरा उठ्दा प्रधानमन्त्रीले शर्त नराख्नुहोस् भनेका थिए । उनले ‘संविधान संशोधन गरे पनि अबको तीन वर्षको प्रधानमन्त्री त मै हो’ भने । यसो भनेपछि वामदेवले ‘मलाई उम्मेदवार नबनाइयोस्, मेरो सट्टा अरु नै साथीलाई राष्ट्रियसभामा ल्याऊँ’ भने । अनि नेताहरु बीच छलफल चल्यो, ‘प्रतिनिधिसभाको समानुपातिक सदस्य प्रधानमन्त्री हुनसक्ने तर राष्ट्रियसभा सदस्यले प्रधानमन्त्री हुन नसक्ने भन्ने कुरा आफैमा मिल्दोभएन । राज्यसभा सदस्य भएरै मनमोहन सिंहले १० वर्ष प्रधानमन्त्री चलाएकै हुन् ।’

बुधबार दिउँसो २ देखि ३ बजेको बीचमा माधव नेपालले प्रचण्ड, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई फोन गरेर ४ बजे भैँसेपाटीमा भटौँ भनेका थिए । भेलामा नेताहरु पुग्नासाथ वामदेवले एउटा कागज प्रचण्डलाई दिँदै भने, ‘संविधान यसरी संशोधन गर्नुपर्छ ।’

संविधानको धाराण ७६, उपधारा २ मा उल्लिखित प्रधानमन्त्री हुने योग्यतामाथिको संशोधन थियो । ‘प्रतिनिधिसभाको सदस्य’ को ठाउँमा ‘संघीय संसदको सदस्य’ बनाउने कुरा उक्त मस्यौदामा थियो । त्यो कागज प्रचण्डले खल्तीमा राखे ।

नीतिगतरुपमा भेलाका सहभागी नेता यो कुरा ठीक हो भन्नेमा पुगे । नारायणकाजीले विषयवस्तुमाथि त सहमति जनाए पनि एजेण्डालाई स्वार्थपरक बनाउने काम वामदेवबाट भयो भन्दै आलोचना पनि गरे ।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक