२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानले खसालेको युक्रेन विमानको भिडियो खिच्ने पक्राउ

२०७६, १ माघ बुधबार ०८:४५

माघ १, एजेन्सी | इरानको आकाशमा १७६ जना यात्रुवाहक युक्रेनको विमान खसालेको भिडियो खिच्ने पक्राउ परेका छन् | अमेरिका र इरानबीच बढ्दै गएको तनावले इरानले गम्भीर मानवीय त्रुटी भएको भन्दै आफुले मिसाइल हानेर खसालेको स्वीकार गरेको थियो |

उक्त भिडियो खिच्ने व्यक्तिलाई राष्ट्रिय सुरक्षा सम्बन्धि आरोप लागेको छ | पीएस ७५२ विमान गत बुधबार तेहरानबाट उडेलगतै खसालिएको थियो | उक्त विमानमा सवार सबै यात्रुको मृत्यु भएको थियो | इरानले भुलबस विमान खसालेको स्वीकार गरे संगै घटनामा संलग्न लाई पक्राउ गरेको छ |

‘यो सामान्य घटना होइन । सम्पूर्ण संसारको ध्यान यो अदालतमा हुनेछ ,’इरानका राष्ट्रपति हसन रुहानीले  भने | विशेष अदालतको निगरानीमा घटनाको अनुसन्धान  हुने बताएका छन् | घटनामा एकै जनामात्र दोषी नभएको राष्ट्रपतिको भनाइ छ | सुरुमा विमान मिसाइल आक्रमण गरेर खसालेको अस्विकार गरे पनि तर विमानमा केही ठोक्किएर खसेजस्तो भिडियो समाजिक संजालमा शेयर भएपछि विश्लेषकले त्यसमा मिसाइल लागेको अनुमान गरेका थिए |

त्यसपछि इरानले भुलबस मानवीय त्रुटीका कारण खसालेको स्वीकार गर्यो | इराकी संचारमाध्यमले जनाए अनुसार  रिभोलुसनरी गाड्र्सले अघिल्लो हप्ता एक व्यक्तिलाई भिडियो पोस्ट गरेको आरोपमा पक्राउ गरेको थियो | तर सुरुमा भिडियो पोष्ट गर्ने लण्डन नि बस्दै आएका इरानी पत्रकारले उनको स्रोत सुरक्षित रहेको र इरानले गलत व्यक्ति पक्राउ गरेको बताएका थिए |

इरानी न्यायापालिकाका प्रवक्ता घोलमहुसेन इस्माइलीले जहाज खसालेको घटनामा कैयौं व्यक्ति पक्राउ परेको बताएका छन् | सरकारविरोधी प्रदर्शन अर्थात गैरकानुनी भेलामा भाग लिएका ३० व्यक्ति पनि पक्राउ परेको उनले बताए |

जहाजमाथि २० सेकेण्डको अन्तरमा दुई मिसाइल प्रहार भएको नयाँ तथ्य न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा