Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौंमा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ५, काठमाडौं | </b>बेल्जियमकी राजकुमारी अस्त्रिद काठमाडौं आइपुगेकी छिन् | उनलाई स्वागत गर्न उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् | एक साता लामो नेपाल भ्रमणका आएकी राजकुमारी अस्त्रिद आइतबार काठमाडौँ पुगेकी हुन् |<br></p><p>राजकुमारी अस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ | नेपाल बसाइमा उनी कैलाली, नवलपरासी र चितवन&nbsp; समेत घुम्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ | कैलालीमा उनले एक नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका बिरामीलाई भेट्ने कार्यक्रम तय भएको छ | भने उनले नवलपरासीको मध्यविन्दु अस्पतालमा पनि क्षयरोगका बिरामीलाई भेट्ने छिन् |&nbsp; दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो |</p><p>राजकुमारी अस्त्रिद नेपाल भ्रमण सकेर&nbsp; माघ ११ गते फर्कने कायक्रम रहेको छ |</p>