१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा,को-को परे ?

१० माघ २०७६, शुक्रबार ०७:००

माघ १०, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ | आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत घरेलु मैदानमा हुने पहिलो एकदिवसीय सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो |

क्यानले घोषणा गरेको टिममा कमल सिंह ऐरीले पहिलो पटक टिममा स्थान बनाएका छन् | त्यस्तै सुशन भारी र कुशल मल्ल पहिलो पटक एकदिवसीय टिममा परेका छन् | सोमपाल कामी चोटको कारण र बसन्त रेग्मी घरायसी कारण टिममा छैनन |

कीर्तिपुरस्थित  त्रिवि मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म रहने छ | जसका लागि अमेरिका र ओमानले  यस अघिनै टिमको घोषणा गरिसकेका छ | नेपालले पोखरामा एक हप्ता प्रशिक्षण र मलेसियाविरुद्धको तीन मैत्रीपूर्ण खेल खेलेको थियो | मलेसिया-११ सँगको तीन अभ्यास खेलमा क्यान-११ ले तीनै खेल जितेको थियो |

यस्तो छ नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान)

दिपेन्द्र सिह ऐरी

पारस खड्का

सन्दीप लामिछाने

करण केसी

आरिफ शेख

बिनोद भण्डारी

अभिनास बोहरा

कुशल मल्ल

कमल सिंह ऐरी

सुशन भारी 

रोहित पौडेल 

शरद भेषवाकर 

ललित राजबंशी

वैकल्पिक खेलाडीहरु :

पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा, किशोर महतो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल