७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पर्वत महोत्सवमा भोली ५ हजार मिटर दौड प्रतियोगिता हुने

१० माघ २०७६, शुक्रबार १५:४८


पर्वत । छैठौ पर्वत महोत्सवको तेस्रो दिन ५ हजार मिटर खुल्ला दौड प्रतियोगिता हुने भएको छ । महोत्सवस्थलदेखि कुश्मा बजार परिक्रमा हुने गरी ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको दौड प्रतियोगिता संयोजक अर्जुन निर्जन पौडेलले जानकारी दिए । दौडमा प्रथम हुनेले ६ हजार द्धितियले ४ हजार र तीतृय हुनले ३ हजार नगद पाउने आयोजकले जनाएको छ ।

साथै महोत्सवमा चर्चित कलाकार रामकृष्ण ढकाल आउने भएका छन् । रामकृष्ण ढकालले आफ्नो फेसबुक पेजमार्फत विश्वकै अग्लो बन्जी जम्प भएको पर्वत जिल्लामा पहिलो पटक आफ्रू जाँदै गरेको सानो भिडियो क्लिबमा उनले उल्लेख गरेका छन् । साथै उनले दर्शकहरुलाई आफ्नो नयाँ र पुराना गीतहरु सुनाउने बाचा पनि गरेका छन् ।

 ढकालसँगै महोत्सवमा पालिकास्तरीय पुरुष भलिबल, दौड प्रतियोगिता, रत्यौली प्रतियोगिता र डान्स प्रतियोगिता हुने आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिनसम्म हजारौ दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

महोत्सवको आजको दिन भजन प्रतियोगिता, डान्स प्रतियोगिताका साथै स्थानीय कलाकारहरुको प्रस्तुती र लाइभ कन्सर्ट पनि भएको थियो ।

पर्वत उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवमा गण्डकी प्रदेशका लघुउद्यमीलाई जोड दिइएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं उवासंघ पर्वतका अध्यक्ष केदरनाथ शर्माले जानकारी दिए । लघुउद्यमीहरुको लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराएको छ ।

महोत्सवमा ५ लाख दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ । त्यस्तै महोत्सवमा छेलो फाल्ने प्रतियोगिता, दौड प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, लोकनृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको छ  भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको छ । महोत्सवमा २५० स्टल रहेका छन् । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल हुृने आयोजकको ठम्माइ रहेको छ । महोत्सव सम्पन्न गर्न डेढ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी