माघ १२, एजेन्सी | आज भारतले ७१ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ | यो अवसरमा दिल्लीको राजपथमा परेड आयोजना गरिएको छ | उक्त परेडमा ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो प्रमुख अतिथि थिए |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ट्वीट गर्दै सबैलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन् | राष्ट्रिय युद्ध स्मारकबाट प्रधानमन्त्री नरेन्द्र मोदी फर्किपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द मुख्य अतिथि ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोको साथमा राजपथ पुगेका |
सैन्य हातहतियार सहित प्रदर्शन गरिएको छ | जमिनबाट हावामा मार हान्न सक्ने आकाश मिसाइल प्रणालीसमेत भारतले परिक्षण गरेको छ |