२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको उपचारका लागि चीनले ६ दिनमा यसरी निर्माण गरिरहेको छ अस्पताल

२०७६, १२ माघ आईतवार ०९:५४

माघ १२, एजेन्सी | भर्खरै देखापरेको चिनियाँ कोरोना भाइरसले विश्वभरि नै आतंकित बनाएको छ | यो भाइरस अमेरिका, दक्षिण कोरिया,र नेपालमा समेत फैलिसकेको छ | चिनमा यो भाइरसको सक्रमणबाट उपचारमा खटिएका डाक्टरकै समेत मृत्यु भइसकेको छ |


हाल सम्म चिनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको भने  कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ | वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुनेगरी अस्पताल निर्माण गर्न सुरु गरिको छ |

वुहानमा १ करोड १० लाख जनसङ्ख्या रहेको छ भने उक्त क्षेत्रबाटै यो भाइरसको सङ्क्रमण सुरु भएको हो | औषधि पसलहरूमा औषधिको अभाव भएको छ भने,शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ |

नयाँ अस्पताल १ हजार शैय्याको हुने चिनिया संचारमाध्यमहरुले जनाएका छन् | २५,००० वर्ग मीटर क्षेत्रफल रहेको अस्पताल निर्माण क्षेत्रमा डिगरहरू कामगरिरहेका छन् | सन् २००३ मा सार्स भाइरस सङ्क्रमणका बेला बेइजिङमा यस्तै खालको अस्पताल बनाइएको थियो। त्यसैका आधारमा नयाँ अस्पताल बनाइने बताइएको छ |

"यो सङ्क्रमणजन्य रोग लागेका मानिसलाई छुट्टै राखेर उपचारको प्रक्रिया अपनाइने र विभिन्न खाले सावधानी अपनाइने किसिमको अस्पताल हो" हार्भर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एन्ड सोसल मेडिसिनकी लेक्चरर जोआन काउफम्यानले भनिन् |

बेइजिङमा एउटा अस्पताल सात दिनमा सम्पन्न गरेको र अहिले सम्भवत त्यो रेकर्ड तोड्ने गरी छ दिनमा बनाउने प्रयत्न गरिरहेको बताएका छन् | यो अस्पताल पनि प्रिफ्याब वस्तुबाट बनाइनेछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु