२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोलोमोन द्वीपमा शक्तिशाली भूकम्पको धक्का

२०७६, १३ माघ सोमबार ११:३०

माघ १३, एजेन्सी | सोलोमोन द्वीपमा सोमबार ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।  यस भूकम्पपछि सुनामी चेतावनीको कुनै सुचना भने जारी गरिएको छैन । स्थानीय समयाअनुसार सोमबार अपराह्न ४ बजे सो भूकम्प आएको थियो । 

राजधानी होनीआराबाट करिब १४० किलोमिटर दक्षिणपूर्वमा समूद्रको सतहबाट १७.७ किलोमिटर गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको युएसजिएसले जानकारी दिएको छ ।  यस भूकम्पपछि हालसम्म सुनामीको कुनै चेतावनीको सूचना भने जारी नगरिएको सरकारी स्रोतले जानकारी  दिएको छ । 

सो भूकम्पको कारण हालसम्म धन जनको क्षतिको विवरण भने प्राप्त नभएको जनाइएको छ । सोलोमोन द्वीपमा बारम्बार भूकम्प आएको पाइन्छ ।  सन् २०१३ मा सोलोमोन द्वीपमा ८.० म्याग्नीच्युडको भूकम्प गएपछि आएको सुनामीमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ व्यक्ति घरवारविहीन भएका थिए । –एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ