२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसः नआत्तिन र उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव

२०७६, १३ माघ सोमबार १४:४४

माघ १३, काठमाडौँ | उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आत्तिई हाल्नुनपर्ने जनाएका छन् । 

रुघाखोकीबाट शुरु हुने धेरै रोग चितवनमा देखिने गरेको पाइएको छ । यही जिल्लाको सरकारी भरतपुर अस्पतालमा वरिष्ठ फिजिसियनका रुपमा कार्यरत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष डा भोजराज अधिकारी समयमै उच्च सतर्कता अपनाउन सकेमा सङ्क्रमणबाट बच्न सकिने बताउनुहुन्छ । 

कोरोना भाइरसले रुप परिवर्तन गरेकाले यसको छुट्टै औषधि र सुई (भ्याक्सिन) भने नभएको उहाँको भनाइ छ । अधिकारीको भनाइमा यो भाइरस सन् १९६० मा पत्ता लागेको थियो । ग्रिक शब्दमा कोरोना भन्नाले माला भन्ने बुझिन्छ । यो भाइरस ड्रिफ्ट (सामान्य परिवर्तन) नभएर सिफ्ट (ठूलो परिवर्तन) भएकाले महामारीको जोखिम भने भएको उहाँले बताउनुभयो । 

नयाँ दशकसँगै यो भाइरस चीनको वुहानबाट देखिएको भन्दै उहाँले भन्नुभयो, “मङ्गोलियन देशहरु मकाउ, ताइवान, कोरिया, थाइल्यानडलगायत देशमा मध्यम र अमेरिका, अष्ट्रेलिया, नेपालजस्ता देशहरुमा न्यून देखिएको छ ।” धेरै सङ्क्रमित भएको चीनसँग सीमा जोडिएको देश भएकाले नेपालीहरुले तीनवटा कुरामा विशेष ख्याल गर्न उहाँले सुझाव दिनुभयो । व्यक्तिगत सरसफाइ र खानपानमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । 

राम्रोसँग साबुनपानीले हात धुने, काँचो मासु नखाने, जनावरसँग काम गर्नुपर्दा मास्क, पञ्जा जस्ता सुरक्षित कपडा लगाएर गर्नुपर्ने उहाँ बताउनुहुन्छ । यस्तै दोस्रो श्वासप्रश्वासबाट रोग सर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने देखिन्छ । यो मौसममा विवाह, व्रतबन्ध, धान्याञ्चल जस्ता सार्वजनिक कार्यक्रमहरु बढी हुने भएकाले यस्ता कार्यक्रममा कम सहभागी हुन र हुनैपर्दा सावधानी अपनाउन अधिकारीले सुझाव दिनुभयो । 

तेस्रोमा कानूनी रुपमा सरकारका तर्फबाट उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । चिनियाँ पर्यटकदेखि त्यहाँ रहेका नेपाली विद्यार्थी धेरै भएकाले तिनको आवतजावत हुँदा अन्तरदेशीय समन्वय गरी स्वास्थ्य परीक्षण गर्नुपर्ने अधिकारीको तर्क छ । अन्तर्राष्ट्रिय विमानस्थल र चीनको नाकामा स्वास्थ्य डेस्क राखेर परीक्षण गर्न उहाँले सुझाव दिनुभयो । 

नेपालमा पशु र पक्षी पालनमा कार्यरत हुनेहरुले स्वास्थ्यको ख्याल नगर्ने गरेको बताउँदै उहाँले त्यस्ता कामदारहरुले उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो । यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । 

नेपालमा यतिबेला जाडो मौसम भएकाले रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकि कोरोना भाइरसले सङ्क्रमण गरिसकेपछिको शुरुआती लक्षण पनि रुघाखोकी नै हो । अधिकारीका अनुसार त्यसपछि क्रमशः उच्च ज्वरो आउने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने गर्दछ । समयमा उपचार हुन नसकेमा निमोनिया भई यसबाट मृत्युसमेत हुने गर्दछ । 

अन्य भाइरसमा फोक्सोले काम गर्न छाड्दै जाने भए पनि कोरोनाको सङ्क्रमणमा छिटो मिर्गौला फेल हुने र कलेजोमा बढी असर गर्ने उहाँले बताउनुभयो । रुघाखोकीको सामान्य उपचारबाट निको नभएमा स्वाब (र्याल, सिङ्गान) परीक्षण गर्न सुझाव दिँदै उहाँले कोरोनाको लक्षण देखिएमा तत्काल चिकित्सकको सुझावअनुसार औषधि उपचार गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना