२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका आस्था राउत धरौटीमा रिहा

२०७६, १४ माघ मंगलवार १०:१६

माघ १४, काठमाडौं | विमान स्थलमा महिला प्रहरी माथि दुर्व्यवहारको आरोपमा पक्राउ परेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा भएकी छिन् | अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् |

सोमबार राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रहरीलाई अनुमति दिएका थिए | राउतलाई थुनामा राखेपछि चौतर्फी प्रहरी संयन्त्रको दुरुपयोग भन्दै आलोचना समेत भएको थियो |

 माघ १ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो | घटना पछि राउतले  फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन्  | उनको  भिडियो भाइरल भएपछि प्रहरी जवान श्रेष्ठले किटानी जाहेरी गरेकी थिन | त्यसको चार दिन पछि  उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो | राउत सोमबार बिहान मात्रै प्रहरीसमक्ष उपस्थित भएकी थिइन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध