माघ १४, एजेन्सी | ग्रामी अवार्ड २०२० मा प्रियंकाको तस्बिर देखेर उनका फ्यानहरुले आलोचना गरेका छन् | प्रियंका श्रीमान् निक जोनससँग कार्यक्रममा सहभागी भएकी थिइन् | उनले निकसँग ग्रामी २०२० को रेड कार्पेटमा फेशन डिजाइनर राल्फ एन्ड रुसोको डिजाइनर ड्रेसमा इन्ट्रि गरिन् |
उक्त सेतो गाउनको हाइलाइट भनेको यसको ‘एक्स्टा लङ्ग नेकलाइन’| उक्त नेकलाइन उनको नाभीसम्मै पुगेको थियो । यसैका कारण प्रियंकालाई मानिसहरुले ट्रोल गर्न सुरु गरे | कहिले प्रियंकाको यो पहिरनलाई उनको अहिलेसम्मकै सबैभन्दा भद्दा पहिरन भने समेत भनेका छन् |