2026-09-20 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसको त्रास: नेपाली विद्यार्थीहरुले उद्धारका लागि आग्रह गर्न थाले

माघ १६, काठमाडौँ | नोवल कोरोना भाइरसको उद्गमस्थल वुहानमा रहेका विदेशीलाई पश्चिमा देशले फिर्ता लैजान थालेपछि नेपाली विद्यार्थीले उद्धारका लागि आग्रह गर्न थालेको कान्तिपुर दैनिकमा समाचार छ । 

ह्वाचोङ कृषि विश्वविद्यालय, वुहान युनिभर्सिटी अफ टेक्नोलोजी र ह्वाचोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले आफ्ना विदेशी विद्यार्थीका लागि बुधबार अलग–अलग सूचना जारी गर्दै चीनस्थित दूतावासको पहलमा फर्किने चाहनले विवरण उपलब्ध गराउन सूचित गरेका छन् । हस्टमा जिओटेक्निकल एन्जिनियरिङमा पीएचडी अध्ययनरत दिवंगर खोटेजाले विद्यार्थीको इच्छाले मात्रै नहुने भएकाले नेपाल सरकारले पहल गर्नुपर्ने बताए । ती विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालयद्वारा जारी सूचनाका आधारमा धेरै देशहरुले विद्यार्थीहरु फिर्ता लैजान पहल गरेका हुन् । 

बुधबार अमेरिकाका कन्सुलरसहित २४० जनाले वुहान छाडेका छन् भने फ्रान्स, मोनाको, श्रीलङ्काले आफ्ना नागरिक फिर्ता लैजाने भएका छन् । त्यसैगरी जर्मनी, स्पेन, इन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया, भारत लगायतले फिर्ताका लागि तयारी थालेका छन् । 

बेइजिङस्थित नेपाली दूतावासले नेपाल सरकार र हुबेई प्रान्तको स्थानीय सरकारसँग् निरन्तर सम्पर्कमा रहेको बताएर शान्त पार्न खोजे पनि बन्दी जस्तै बस्नुपरेको चोङनान युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड लमा अध्ययनरत लोकन्थलीका आयुर फुयालले बताए । 

यसैबीच परराष्ट्र सचिव शंकर बैरागीले चीनको वुहानमा देखिएको कोरोना भाइरसको प्रकोपका कारण स्थानीय विश्वविद्यालय वा अन्यत्र रहेका जोकोही नेपाली विद्यार्थीले घर फर्कने चाहे तत्काल उद्धार गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो