२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद शुक्रराजलाई फाँसी दिएको त्यो दिन…

१६ माघ २०७६, बिहीबार ०२:४१

माघ १६, काठमाडौँ | एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध हुँकार गर्दै फाँसीमा चढ्नुअघि शहीद शुक्रराज शास्त्रीको मुखबाट निस्किएका यी वाक्यले शहीदको गर्विलो गाथा प्रस्ट हुन्छ । 

शास्त्रीसँगै जेलमा रहेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा त्यो कहालीलाग्दो अन्तिम साँझबारे लेखेका छन्, “घरबाट ल्याएको दूधसँग रोटी खान शास्त्रीजी पकाउँदै थिए तर खानै नदिएर बाहिर लगे । ” जेलघरबाट बाहिर जाँदाजाँदै शास्त्रीले उपस्थित सबै भाइलाई भने, “नमस्ते ! मर्नु सबैले पर्छ, तर यसरी मर्न पाउँदा मेरो नाउँ अमर भयो । ”

चकमन्न बाग्मती किनार । माघको कठ्याङ्ग्रिँदो चिसो । बाग्मतीमा डुबुल्की मारेर वेदका ऋचा वाचन गर्दै टेकुस्थित खरीको रूखमा टाँगिएको डोरीमा शुक्रराजले अन्तिम पटक पुलुक्क हेरे । १९९७ साल माघ १० गतेको राति प्रसन्नतापूर्वक फाँसी गलामा लगाउँदै शुक्रराज शास्त्रीले प्राण त्याग गरेका थिए । 

छातीमा टाँगिएको थियो, “देशद्रोहीलाई यस्तै सजाय हुन्छ । ” काठमाडौं सहरका जनता तर्साउन माघ ११ गते दिनभर शुक्रराजलाई रूखमै झुन्ड्याइएको थियो । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीसँग ९७ सालको त्यो घटनाका तस्बिर आज पनि उत्तिकै ताजा छ । जोशी भन्छन्, “शुक्रराजलाई फाँसी दिएको हल्ला सुनेपछि दौडेर हेर्न पुगेको थिएँ । पचलीनिर मचलीमा खरीको सानो बोटमा झुन्ड्याइएको रहेछ । ” 

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै