2026-09-20 05:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद शुक्रराजलाई फाँसी दिएको त्यो दिन…

माघ १६, काठमाडौँ | एकतन्त्रीय जहानियाँ राणा शासनविरुद्ध हुँकार गर्दै फाँसीमा चढ्नुअघि शहीद शुक्रराज शास्त्रीको मुखबाट निस्किएका यी वाक्यले शहीदको गर्विलो गाथा प्रस्ट हुन्छ । 

शास्त्रीसँगै जेलमा रहेका गोविन्दप्रसाद उपाध्यायले आफ्नो संस्मरणमा त्यो कहालीलाग्दो अन्तिम साँझबारे लेखेका छन्, “घरबाट ल्याएको दूधसँग रोटी खान शास्त्रीजी पकाउँदै थिए तर खानै नदिएर बाहिर लगे । ” जेलघरबाट बाहिर जाँदाजाँदै शास्त्रीले उपस्थित सबै भाइलाई भने, “नमस्ते ! मर्नु सबैले पर्छ, तर यसरी मर्न पाउँदा मेरो नाउँ अमर भयो । ”

चकमन्न बाग्मती किनार । माघको कठ्याङ्ग्रिँदो चिसो । बाग्मतीमा डुबुल्की मारेर वेदका ऋचा वाचन गर्दै टेकुस्थित खरीको रूखमा टाँगिएको डोरीमा शुक्रराजले अन्तिम पटक पुलुक्क हेरे । १९९७ साल माघ १० गतेको राति प्रसन्नतापूर्वक फाँसी गलामा लगाउँदै शुक्रराज शास्त्रीले प्राण त्याग गरेका थिए । 

छातीमा टाँगिएको थियो, “देशद्रोहीलाई यस्तै सजाय हुन्छ । ” काठमाडौं सहरका जनता तर्साउन माघ ११ गते दिनभर शुक्रराजलाई रूखमै झुन्ड्याइएको थियो । वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीसँग ९७ सालको त्यो घटनाका तस्बिर आज पनि उत्तिकै ताजा छ । जोशी भन्छन्, “शुक्रराजलाई फाँसी दिएको हल्ला सुनेपछि दौडेर हेर्न पुगेको थिएँ । पचलीनिर मचलीमा खरीको सानो बोटमा झुन्ड्याइएको रहेछ । ” 

– यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो