२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको कहरः फिलिपिन्समा एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ३०४ पुग्यो

२०७६, १९ माघ आईतवार ०८:१६

माघ १९, बेइजिङ (रासस-एएफपी) । कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाई गरिसकेका छन् । 

गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोना भाइरस चीनमा मात्र १४ हजारमा संक्रमित भएको छ भने विश्वका २४ मुलुकमा देखा परेको छ ।

चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको छ, तर भाइरस फैलिन छाडेको छैन । चीन सरकारले उहान समेत धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नुका साथै सवारी साधनहरु बन्द गरेको छ । 

विश्व स्वास्थ्य संगठनले बिहीबार मात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।

मंगोलिया, रसियाले सीमानाका बन्द गरेका छन्, र पपुवा न्यूगिनीले एसियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । 

हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ, तर पूर्ण रुपमा रोकिएको छैन । 

फिलिपिन्समा मृत्यु भएका व्यक्ति पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टी भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । “चीन बाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,” फिलिपिन्सका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रविन्द्र अबेयासिंघेले बताउनुभयो ।

बेलायत, रसिया र स्वीडेनले पनि यस साता कोरोना भाइरसका कारण आफ्ना नागरिक संक्रमित भएको जनाएका थिए ।

चीनमा आइतबारसम्ममा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । अघिल्लो दिनको तुलनामा थप ४५ जनाको मृत्यु भएको हो । चीनमा दुई हजार ५९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कूल संक्रमित व्यक्तिको संख्या १४ हजार ५०० पुगेको छ । 

सन् २००२–३ मा चीनमा फैलिएको सार्सभन्दा कोरोना भाइरसका बिरामी धेरै बढी देखिएका छन् । सार्सका कारण विश्वभर ७७४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मुख्यतः चीन र हङकङका नागरिक थिए ।

व्यक्तिबाट व्यक्तिमा हावाबाट सर्ने भएका कारण यो भाइरस चाँडै फैलिने गर्दछ । त्यहीकारण करिब एक करोड १० लाख जनसंख्या भएको उहानमा जनवरी २३ देखि मानिसको आवातजावतमा कडाई गरिएको छ । उहान शहर हुवेई प्रान्तको राजधानी शहर पनि हो । हुवेई प्रान्तका करिब ५ करोड मानिस अहिले कोरोना भाइरसको त्रासमा बाँचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना